गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा केन्द्रलाई लायन्सको सहयोग

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा केन्द्रलाई लायन्सको सहयोग

काठमाडौं । लायन्स क्लव अफ भक्तपुरका तीन ओटै क्लबले गुप्तेश्वर महादेव मन्दिरमा सञ्चालित ‘गुप्तेश्वर महादेव जेष्ठ नागरिक दिवा सेवा केन्द्र’ लाई आर्थिक सहयोग गरेका छन् । तीन ओटै  क्लबका सदस्यहरूले रू. ६१ हजार ५ सय सहयोग गर्नुका साथै मन्दिर परिसरमा सरसफाई गरेका थिए । 

गत वर्ष स्थापना भएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई लायन्स क्लव अफ गुप्तेश्वर, लायन्स क्लब अफ शिद्धकाली र भर्खरै स्थापना भएको लायन्स क्लब अफ वासडोल भिलेजको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको ज्येष्ठ क्लबका अध्यक्ष शिवराम श्रेष्ठले जानकारी दिएका छन् ।

दिवा सेवा केन्द्रमा दैनिक ५०–५५ जना वृद्धवृद्धा आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । केन्द्रले वृद्धवृद्धाहरूको आवश्यकतालाई ध्यानमा राखेर दिउँसो भजनर्कितन,योगध्यान र स्वास्थ सम्बन्धित विविध ज्ञान लिने व्यवस्था मिलाएको छ । 

केन्द्रले वृद्धवृद्धाहरुका लागि हप्ताको छ दिन विभिन्न कार्यक्रम सञ्चालन गर्छ।आईतबार,भजन र विविध धार्मिक कार्यक्रम र आराम,सोमवार, खानपान,योगध्यान तथा स्वास्थ सम्बन्धि ज्ञान, मंगलवार, ११ – १ बजेसम्म भजन र बाँकी समय खानपान तथा योग, वुधवार ̷ शुक्रवारः पण्डितद्वारा सप्ताह र बचेको समयमा धार्मिक ज्ञान दिने गरिन्छ । 

यस कार्यक्रममा तीन ओटै क्लबका अध्यक्ष शिद्धकालीका अध्यक्ष फणिन्द्र आचार्य, गुप्तेश्वरका जोन श्रेष्ठ र वासडोल भिलेजका  श्रीरामकुमार खत्री तथा पूर्व डिस्ट्रिक गभर्नर के.पी आवालेको तथा लायन्स क्लब अफ ३२५ मल्टिपलका प्रद्युम्न कुमार पोखरेलका साथै क्लबका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला