रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

    रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

काठमाडौं । वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको  ९७ वर्षको उमेरमा निधन भएको छ। उनको कालिकास्थानस्थित आफ्नै घरमै  निधन भएको हो ।   केहीदिन अघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

 १९७९ साल फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मेका मदनमणि पत्रकारितासँगै साहित्य लेखनमा पनि उत्तिकै चर्चामा रहे । बुवा लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका कोखबाट जन्मेका दीक्षितले आफ्नो जीवनको लामो कालखण्ड नेपाली पत्रकारिता क्षेत्रमा खर्चिए । साथै मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । लामो समय समीक्षा साप्ताहिकको सम्पादक भएर काम गरेका दीक्षितका दर्जनवढी सहित्यिक रचना प्रकाशित छन् ।

२०३९ सालमा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मानआदिबाट सम्मानित भएका छन् । उनको पहिलो रचनाका रूपमा २०१९ मा रूपरेखामा ‘कसले जित्यो कसले हार्‍यो’ शीर्षकको कथा प्रकाशित भएको थियो ।  उनको आजै पुशपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

उनका प्रकाशित कृतिहरूः  

माधवी (उपन्यास), २०३९ साल  

चरैवेति (निबन्ध संग्रह),

२०४४ साल  त्यो युग (निबन्ध संग्रह),

२०४७  हाम्रा ती दिन (निबन्ध),

२०२९  म रुँदै बिर्सन्छु (संस्मरण) २०२७

बर्लिन डायरीका पाना (यात्रावर्णन) सन् १९८४

 लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्  

मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ

 कसले जित्यो कसले हार्‍यो (कथा संग्रह), २०२१  

दशलाख हिरोसिमातिर  

ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह) सन् १९८५०  

जीवन महाअभियान

ऋग्वेद केही प्रमुख सूक्त (२०६५) साल

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला