सिंहदरबार घेर्न खोज्ने आरक्षण अभियन्ता पक्राउ

       सिंहदरबार घेर्न खोज्ने आरक्षण अभियन्ता पक्राउ

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका १९ जना पक्राउ परेका छन्। आरक्षण बचाउन माग गर्दै सिंहदरबार घेर्न जाने क्रममा उनीहरूलाई भद्रकालीबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शन भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने कार्यक्रम रहेता पनि भद्रकालीमै प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनको नेतृत्वमा गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले १९ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेनसहित १९ जना रहेका छन् । उनीहरूलाई नेपाल पुलिस क्लवमा राखिएको छ।

प्रहरीले शान्तिपूर्वक धर्नामा दमन गरेको भन्दै आन्दोलनकारीहरुले नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै भद्रकालीमा नाराबाजी गरेका छन् । सरकार चरम दमनमा उत्रिएको भन्दै उनीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा माग गरेका छन् ।

लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित विज्ञापन प्रकाशित गरेको भन्दै त्यसको खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला