२ करोड माग्दै धम्क्याउने युवकलाई गोली हानी पक्राउ

२ करोड माग्दै धम्क्याउने युवकलाई  गोली हानी पक्राउ

काठमाडौं  । गाँउपालिकका अध्यक्षलाई धम्क्याएर रकम असुल्न खोज्ने एक युवकलाई पक्राउ गर्न प्रहरीले गोली हानेको छ ।

काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी हाउजिङमा बस्दै आएका रामेछाप मन्थली नगरपालिकाका लोप्सन भनिने मिलन तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनलाई दुई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  उनले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड माग्दै धम्की दिएका थिए। उनी काठमाडौंमा बसेर टेलिफोनमा धम्की दिने गरेको प्रहरीको भनाइ छ। लोप्साङसँगै अमृत तामाङ पनि पक्राउ परेका छन्।

स्वयम्भूस्थित बिजेश्वरी हाउजिङमै बस्दै आएका उनलाई पक्राउ गर्न प्रहरी टोली खटिएको थियो। उनले भाग्न खोजेपछि गोली चलाएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले बताए। उनको घुँडामूनि दुई गोली लागेको छ।

मिलनलाई नियन्त्रणमा लिएर उपचारका लागि ट्रमा सेन्टर पु¥याएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला