भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट नेपाल भित्रने क्रममा देखिएकाले वर्षाको सम्भावना छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, शनिबार तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा चितवन, भैरहवा आसपास बिहानैदेखि हल्का वर्षा भएको थियो ।

पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ । देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन । तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालले बताएका छन् । वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उहाँका अनुसार, सिन्धुली, गोरखा, दाङ, रुकुम रोल्पा, लमजुङ, पाल्पा, स्याङ्जा, पश्चिम राप्ती, बबईलगायतका नदीको बहाव न्यून रहनेछ । तर त्यस आसपासका साना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला