राजसंस्था र हिन्दु राष्ट्रका पक्षधरले दिए सत्याग्रहको चेतावनी

      राजसंस्था र हिन्दु राष्ट्रका पक्षधरले दिए सत्याग्रहको चेतावनी

काठमाडौं, १० साउन । स्वतन्त्र नागरिक समाजले मंसिरसम्ममा नेपाललाई हिन्दू राष्ट्र र राजसंस्थालाई भूमिका नदिए ७२ घण्टे सत्याग्रहको थाल्ने चेतावनी दिएको छ ।

समाजका संयोजक हेमविक्रम सिलवालले लामो समयदेखि आफ्ना माग सम्बोधन गराउन विभिन्न खबरदारी सभा गर्दै आएपनि सरकारले सुनवाइ नगरेको प्रति आक्रोश पोखे । उनले भने,‘मंसिरसम्म पनि माग सम्बोधन नभए सत्याग्रह आन्दोलनमा उत्रिन्छौ ।’ २१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेकोमा उनले आपत्ति जनाए । उनले भने,‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । गत वर्षका जेठ २५ मा सभामुख कृष्णबहादुर महरालाई हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाको लागि ज्ञापन पत्र बुझाएको स्मरण गर्दै अहिलेसम्म कुनै सुनवाइ नभएको सिलवालले बताए ।   

कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश बिगार्नेलाई दण्डित नगर्नाले मुलुकको यो हविगत भएको टिप्पणी गरे । उनले भने,‘देश बिगार्नेहरुलाई हामीले कारबाही गर्न सकेको भए देश र जनताले अहिले यसरी दुःख पाउने थिएनन् । हाम्रा चेलीले कंगोलगायतका अफ्रिकी देशमा गएर नाँच देखाएर विदेशीहरुलाई मनोरञ्जन दिनुपर्ने थिएन् ।’

कार्यक्रममा अर्का वक्ता प्रेमी कैदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्न नेपाली जनता उठ्नुपर्ने बेला आईसकेको बताए । पूर्व महालेखापरीक्षकले नै नेपालमा अहिले तीन खर्ब भ्रष्टाचार रहेको भनेर बोलेकोले अहिलेसम्म भ्रष्टाचारीहरुलाई कारबाही नभएकोमा आक्रोश पोखे ।

अन्तरधार्मिक परिषदका महासचिव केशब चौलागाई र स्वतन्त्र नागरिक समाजका अभियन्ता रामकुमार रिजालले पनि आफ्नो धारणा राखेका थिए ।

                            

 

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला