मौसम पूर्वानुमान भन्छ,‘फेरि भारी वर्षा हुने’

        मौसम पूर्वानुमान भन्छ,‘फेरि भारी वर्षा हुने’

काठमाडौं । मनसुनी वर्षाले फेरि सक्रिय हुने लक्षण देखिएकाले देशका पूर्वी तथा मध्य भागमा भारी वर्षा हुने मौसमविद्हरूले पूर्वानुमान गरेका छन् ।

असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिएका छन् ।

‘शनिबार र आइतबार हुँदै सोमबार पुग्दा मनसुनी वर्षा भारी वर्षामा परिणत हुने सम्भावना छ,’ उनले भने, ‘मध्य र पूर्वका अधिकांश भूभागमा भारी वर्षा हुनसक्छ ।’ त्यसका लागि अहिलेदेखि नै आकाशमा मनसुनी प्रणालीले पकड जमाउँदै गएको छ । विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उनले बताए ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको छ । अबका तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ ।

 

प्रतिकृया दिनुहोस

कुखुरापालक किसानमाथि दाना उद्योगीको

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला