दर्शनार्थीको व्यस्थापनमा जुट्यो पशुपति विकास कोष

 दर्शनार्थीको व्यस्थापनमा जुट्यो पशुपति विकास कोष

काठमाडौं । साउनमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई सहज र व्यवस्थित ढंगले पूजाअर्चना गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।   

साउन महिना शुरुभएसँगै पशुपतिनाथमा भक्तजनको भीड बढ्न थालेपछि लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले बताएका छन् । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले हिन्दुधर्मावलम्बीका लागि यो विशेष मानिन्छ ।

साउनमा  प्रायः सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्ने गर्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तीर्थयात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ ।

तिलगङ्गाबाट विद्युतीय शवदाह गृहअघिको सडक–चार शिवालय हुँदै मूल मन्दिरको दक्षिण ढोकातर्फ, जयवागेश्वरीबाट भूवनेश्वरी–वरुणधारा हुँदै दक्षिण ढोकातर्फ, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकातर्फ र मित्रपार्कबाट उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम मूल ढोकातर्फबाट मन्दिर छिर्ने गरी व्यवस्था मिलाइएको उपनिर्देशक ढुङ्गानाले बताएका छन् ।  

पशुपतिनाथलाई ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गका रुपमा पूजिने भएकाले पनि विश्वको जुनसुकै कुनामा रहेका हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्छन् ।     

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला