बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु,१० वेपत्ता

      बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु,१० वेपत्ता

काठमाडौं । बिहीबार रातिदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार खोटाङमा ३, इलाम १, झापा १, भोजपुरमा २, ओखलढुङ्गा १, पर्सा १, बारा १, रामेछाप १, काभ्रेपलाञ्चोक २, सिन्धुली १, मकवानपुर १, धादिङ १, ललितपुर २  र काठमाडौं ३ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण देशभर १० जना घाईते भएका छन् भने १० जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ । प्रहरीले विभिन्न स्थानबाट ५० जनाको उद्धार गरिएको बताएको छ । प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट सम्पूर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको छ ।

शुक्रबार  बिहान ६.०० बजे सम्मको तथ्यांक अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३÷३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।

वर्षाका कारण राजधानी काठमाडौं उपत्यकका कतिपय ठाँउ,पूर्वी र मध्य तराईका विभिन्न जिल्लाहरू डुबानमा परेका छन् भने दर्जनौ स्थानको यातायात अवरुद्ध भएको छ । मौसम विज्ञान विभागले वर्षा केही दिन लम्बिने भएकाले सचेत रहन सबैमा अनुरोध गरेको छ ।  

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला