विषादी परिक्षण नगरी भारतीय तरकारी ल्याउने निर्णय कार्यान्वयन नगर्नुःसर्वोच्च

       विषादी परिक्षण नगरी भारतीय तरकारी ल्याउने निर्णय कार्यान्वयन नगर्नुःसर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतबाट आउने तरकारी भित्र्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

बुधबार सर्वोच्चका न्यायाधीशले आनन्दमोहन भट्टराईको एकल इजलासले राजपत्रमा प्रकाशित सूचनालाई बदर गर्ने गरी मन्त्रिपरिषद्बाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो । मंगलबार विषादी परीक्षण नगरी भारतबाट आउने तरकारी भित्र्याउने सरकारको निर्णयविरुद्ध तीन ओटा रिट सर्वोच्चमा परेका थिए ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार सरकारको निर्णयविरूद्ध छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। उनीहरु तीनै जनाको रिटमाथि बुधबार सुनुवाइ गरिएको हो।

न्यायाधीश भट्टराईको इजलासले असार ३० गते रिटका दुबै पक्षलाई छलफलका लागि झिकाउन पनि आदेश दिएको छ।

भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने  निर्णय मन्त्रिपरिषद्को असार १९ मा बसेको बैठकले फिर्ता लिएको थियो। सरकारको सोही निर्णय रोक्न रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको थियो।

सरकारको निर्णय र भन्सारमा तत्काल परीक्षण व्यवस्था गर्न माग गर्दै विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जनस्वाथ्यका रुपमा गलत भएको दाबी रिटमा गरिएको थियो।

 

प्रतिकृया दिनुहोस

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

सिंहदरबार घेर्न खोज्ने आरक्षण अभियन्ता

२ करोड माग्दै धम्क्याउने युवकलाई गोली

बाढीले बाँध बगाएपछि ५ दिनदेखि गाउँ

ग्यासको मूल्य घट्यो,पेट्रोल,डिजेल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला