सासंदहरूको प्रश्न जनता विषादी खाँदै छन् सरकार कहाँ छ ?

सासंदहरूको प्रश्न जनता विषादी खाँदै छन् सरकार कहाँ छ ?

काठमाडौं । राष्ट्रियसभा सांसदहरूले सरकारले भारतबाट आउन तरकारीको विषादी जाँच नगर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनीहरूले जनता विषादी खान वाध्य छन् सरकार कहाँ छ भन्दै प्रश्न समेत गरेका छन् ।

सोमबारको बैठकमा सांसद रामप्रित पासवानले सोधे,‘बजारमा सरकार छ भन्नुभएको छ, तरकारी र फलफूलको माध्यमबाट विषादी खान बाध्य छन्, सरकार कहाँ छ ?’ सांसद सुमनलाल प्याकुरेलले विदेशबाट आएको तरकारी लगायत विषादीबारे निकै चर्चा भइरहेको अवस्थामा प्रयोगशालाबारे फरक–फरक मन्त्रीको फरक–फरक धारणा आउनु राम्रो नभएको बताए ।

सांसद सरिता प्रसाइँले नेपालको चिया, अलैची, अदुवा सबै चिज भारत निर्यात हुँदा चेकजाँच हुने गरेपनि नेपालले चेकजाँच गर्न नपाउने कारण के छ भनेर प्रश्न गरेकी थिइन् । विषादी हो भन्ने थाहा पाइपाई जनतालाई खुवाउने कुन नियममा छ ?’ उनले सोधिन् ।

सांसद उदया शर्मा पौडेलले भारतबाट सोझै कालिमाटी आउने तरकारीलाई परीक्षण गरेर मात्रै बजारमा पठाउनुपर्ने सुझाव दिइन् । सांसदले सोधेको स्पष्टीकरणको जवाफ दिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले भारतबाट आयात हुने तरकारीको विषादी जाँच गर्ने निर्णयले आफैं नाकाबन्दी गर्न खोजेजस्तो अवस्था आएका बताए ।

मन्त्री यादवले स्पष्टीकरण दिँदै भने, ‘हिजो केही गर्न नसकेकाहरूको अर्कै फूर्तिफार्ती देखिन्छ, हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्‍यौं । के रहेछ भने हामीसँग त्यो क्षमता नै रहेनछ । कृषि मन्त्रालयको क्षमता बुझ्नुपर्‍यो गएर ।’

 

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला