आत्महत्या गर्ने नेपालीको लाश पठाउँदा कोरियन सरकारले आधा खर्च बेहोर्ने

आत्महत्या गर्ने नेपालीको लाश पठाउँदा कोरियन सरकारले आधा खर्च बेहोर्ने

पुष्प दाहाल,सियोल । दक्षिण कोरियामा आत्महत्या गर्ने नेपालीको शव स्वदेश पठाउन लाग्ने खर्चको आधा हिस्सा रकम मानव संशाधन विकास सेवा (एचआरडी) कोरियाले उपलब्ध गराउने भएको छ।

कोरियामा आत्महत्या गर्ने नेपालीको शव स्वदेश पठाउँदा लाग्ने खर्चमध्ये करिब आधा अर्थात् ३० लाख कोरियन वन एचआरडीले उपलब्ध गराउने गरी सम्झौता भएको सोलस्थित नेपाली दूतावासले बताएको छ ।

गतवर्ष दूतावासले कोरियामा मृत्यु हुने नेपालीको शव स्वदेश पठाउँदा लाग्ने खर्च बेहोर्न एचआरडीसँग आग्रह गरेको थियो । आत्महत्याका घटनामा ३० लाख वन उपलब्ध गराउन तयार भएको कोरियाका लागि नेपाली श्रमसहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए । उक्त सम्झौता मे महिनादेखि लागू भएको र एउटा घटनामा रकम आउने प्रक्रियामा रहेको बाँस्तोलाले बताए।

कोरियामा ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउनका लागि दूतावासले परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई जानकारी गराएसँगै कल्याणकारी कोषबाट रकम उपलब्ध गराउने व्यवस्था छ। कोषले रोजगारीको सिलसिलामा मृत्यु हुने इपियस श्रमिकको शव नेपाल पठाउनका लागि रकम उपलब्ध गराउँदै आएको छ।

 

 

प्रतिकृया दिनुहोस

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

स्याउ कोसेली

दशैंको चौथो दिन कुष्माण्डा भवानीको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला