बिमाको रकम पाउनका लागि ४ वर्षीया छोरीको हत्या गर्ने पक्राउ

  बिमाको रकम पाउनका लागि ४ वर्षीया छोरीको हत्या गर्ने पक्राउ

रौतहट/बिमा रकम पाउनका लागि ४ वर्षीया छोरी लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा ३९ बर्षीय राम किसोर राय यादव पक्राउ परेका छन् ।  मौलापुर नगरपालिका–६ पथरा बुधराम घर भएका उनलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको हो ।

आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी कार्य थालेको थियो । खोजीका क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको शव फेला परेको थियो ।

घटना शंकास्पद भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गहन अनुसन्धान गर्ने क्रममा मृतकको बाबु नै शंकास्पद देखिएपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा घरमा निदाइरहेकी छोरीलाई रातको करिब १ देखि १.३० बजेको बीचमा आफैले काँधमा बोकी पोखरीको डिलसम्म पुर्‍याएको र नाक, मुख थुनेर हत्या गरे पश्चात् शव पोखरीमा फालेको उनले स्वीकार गरेका छन् ।

आर्थिक समस्याको कारण बिमा रकमको लोभमा हत्या नै गर्ने योजना बनाई पहिले ३० लाखको बिमा गराउन चाहेको तर सम्भव नभएपछि २०७६ जेठ १९ गते मृतक बालिकाको नाममा प्रभु लाईफ इन्सुरेन्स लिमिटेड गरुडा, उपशाखाबाट २५ लाख रुपैयाँको जीवन बिमा गरेको र सोही रकम प्राप्त गर्न छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अभियुक्त राम किसोरले २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको समेत खुल्न आएको छ । राम किसोरलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले बताएको छ ।

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला