सरकारको लोकप्रियता घट्दैःनेता नेपाल

                 सरकारको लोकप्रियता घट्दैःनेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको बताएका छन् ।

पूर्व सांसद् मञ्च नेपालको १९ औँ साधारण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टी बढ्दै गएको बताए ।

व्यवहारमा पुष्ठी नहुने सिद्धान्त सहि सिद्धान्त नहुने भन्दै उहाँले परिर्वतनको आवश्यकता औल्याउँनुभयो । उहाँले नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने बताए ।

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने,‘आफ्नो देशको साधनहरु संयन्त्रलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ ।

राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजीहरु फस्टाउने । नेपालीहरुले दुख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन ।’

 

 

 

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला