आमालाई मार्न १२ लाख रुपैयाँ सुपारी दिने छोरीसहित चार पक्राउ

   आमालाई मार्न १२ लाख रुपैयाँ  सुपारी दिने छोरीसहित चार पक्राउ

काठमाडौं । प्रेम अन्धो हुन्छ भन्ने विषयमा थुप्रै साहित्य रचना भएका छन् । साहित्यिक रचना कल्पना हुन् । तर,कहिलेकाही कल्पना सत्य सावित हुँदा रहेछन् । त्यसैको पछिल्लो दृष्टान्त हो भक्तपुरको चाँगुनारायणमा भएको छोरीबाट आमाको हत्या घटना ।

प्रेमीको जालमा परेर सिन्धुपाल्चोक बाडेगाउँ–५ घर भई ईन्द्रावती गाउँपालिका–५ बस्ने ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा अभियोगमा छोरी ईश्वरी भट्टराईको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इश्वरीले अभियुक्त मोहम्मद नौसादबीचको सम्बन्ध खुल्ने डरले आमा साबित्रीलाई मार्ने योजना बनाइन् । उनले आमालाई मार्न १२ लाखको सुपारी दिने सहमती भएपछि मोहम्मद नौसाद र भोला कुमारले सल्लाह गरेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।   

हत्यामा संलग्न ४ पक्राउ

प्रहरीले सावित्री भट्टराईको हत्या अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सिराह कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने २३ वर्षीय मोहम्मद नौसाद, भारत पूर्वी दिल्लीमा बस्ने २४ वर्षीय अर्जुन कुमार भन्ने भोला कुमार, भारत मधुमनीका २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ की हाल चागुँनारायण नगरपालिका–७ बाँसबारी बस्ने २७ वर्षीया ईश्वरी भट्टराई रहेका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसवारीस्थित ईश्‍वरी भट्टाराईको घरको भुईतलामा आइतबार सावित्री भट्टराईको हत्या भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध माहाशाखाले बताएको छ ।

मृतककी छोरी ईश्वरी भट्टराई र अभियुक्त मोहम्मद नौसादबीचको सम्बन्धका बारेमा मृतक साबित्री भट्टराईले थाहा पाएपछि उक्त कुरा बाहिर आउँछ भन्ने डरले ईश्वरी भट्टराईले आफ्नो प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी  आमाको हत्या योजना बनाएको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला