अस्वस्थ्य मानसिकताबाट बच्न योग : प्रधानमन्त्री ओली

अस्वस्थ्य मानसिकताबाट बच्न योग :  प्रधानमन्त्री ओली

काठमाडौं, ६ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो ।

 प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताउनुभयो । “योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा  धेरै अघिबाट सुरु भएको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।”

 प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो । “हामीले पाँच/ छ हजार बर्ष पहिलेका मूर्तीहरु हे¥यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्  ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको कोशी  किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गर्नुभएको छ । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन ” प्रधानमन्त्री ओलीेले भन्नुभयो । प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताउनुभएको छ ।

 प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताउनुभएको छ । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

सिंहदरबार घेर्न खोज्ने आरक्षण अभियन्ता

२ करोड माग्दै धम्क्याउने युवकलाई गोली

बाढीले बाँध बगाएपछि ५ दिनदेखि गाउँ

ग्यासको मूल्य घट्यो,पेट्रोल,डिजेल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला