विश्व हिन्दू महासंघको ७ औं राष्ट्रिय महासभा तयारी पूरा

 विश्व हिन्दू महासंघको ७ औं राष्ट्रिय महासभा तयारी पूरा

काठमाडौं  । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको बताएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो जानकारी दिएको हो । समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले उक्त महासभामा देशका ६० भन्दा बढी जिल्लाबाट सहभागिता रहने स्पष्ट पारे । उनले भने,‘यो महासभालाई सफल तुल्याउनको लागि सबै ओमकार परिवारको साथ र सहयोगको आवश्यक छ । हामी यही मञ्चबाट महासभालाई भव्य रुपमा सम्पन्न गर्नको लागि अपिल गर्दछौं ।’

कार्यक्रममा बैंकेटेश्वर पिठाधीश स्वामी पद्मधराचार्यले सनातन हिन्दू धार्मिक संघसंगठनहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला आईसकेको बताए । उनले हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताए ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सनातन हिन्दू धर्म संस्कृतिसँगै वैदिक ज्ञान–विज्ञानको उद्गमस्थल पुण्यभूमि नेपाललाई धर्मनिरपेक्षताको चंगुलबाट छुटाएर सनातन हिन्दू राष्ट्रका रुपमा पुनःस्थापना गर्ने महान उद्देश्य प्राप्तिका लागि यतिवेला नेपालमा रहेका सबै धार्मिक संघसंस्थासहित समस्त ॐकार परिवारको आपसी सद्भाव एकता र सहकार्यको आवश्यकत्ता छ ।’

 

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला