बुवाको हत्या छानबिनको माग गर्दै छोराछोरीले मिडिया गुहारे

     बुवाको हत्या छानबिनको माग गर्दै छोराछोरीले मिडिया गुहारे

काठमाडौं ।  सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीय चन्द्रप्रसाद आचार्यको हत्या भएको ७१ दिन बितेपनि प्रहरीले घटनाको सत्यतथ्य जानकारी बाहिर नल्याएको भन्दै उनका छोराछोरीले मिडिया गुहारेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै छोरा तिलकराज आचार्य र छोरी संगीता आचार्यले आफ्नो बुवाको हत्या गरिएको भएपनि यसबारे प्रहरी–प्रशासन मौन रहेको आरोप लगाएका छन् ।

उनीहरुका अनुसार २०७५ साल फागुन १८ गते रातको १०ः०३ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका ६ (विरेन्द्रनगर मुख्य बजार) बुद्धपथमा रहस्यमय ढंगले निर्ममतापूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा प्रहरी इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डको टोलीले फेला पारेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै छोरी संगीताले भनिन्,‘बुवाको शवको अवस्था र पोष्टमार्टम रिपोर्ट हेर्दा यो हत्या नै भएको हाम्रो दाबी छ । त्यसैले सरकारले यसबारेमा छानबिन गर्नुपर्छ । आज ७१ दिन भैसक्यो, तर अहिलेसम्म यसबारेमा प्रहरी प्रशासनले सत्य तथ्य बाहिर ल्याउन नसक्नु एकदमै दुःखदायी कुरा हो ।’

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला