पाँच वर्षीय बालिकालाई रक्त क्यान्सर, उपचारका लागि सहयोगको याचना 

  पाँच वर्षीय बालिकालाई रक्त क्यान्सर, उपचारका लागि सहयोगको याचना 

काठमाडौं । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । 

दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।  

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भईसकेको र आफुहरुसंग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए । उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराईरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराईन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमुना संकलन पठाउनुपर्ने भएका कारण आफुहरु खर्च धान्न नसक्ने अवस्थामा आईपुगेको आफन्तले पीडा रहेको छ । पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाई रहेको उनकी आमाले दुःखेसो पोखिन् ।

ईमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै कारण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा दुःखेसो पोखिन् ।  छोरीलाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पुर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताईन् । अहिलेसम्म बालिकालाई दुईपटक किमो दिईसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाईन् ।

विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दे आएका छन् । उनले पनि आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् । अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचनबद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाई छ । 

उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाईल नम्बर 9866401358,9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नेपनि परिवारले जनाएको छ । 

प्रतिकृया दिनुहोस

स्थानीय तहका विज्ञापनको समयअवधि १

गुठी विधेयकविरुद्ध विश्व हिन्दु

गुठीयारलाई सामन्ती भन्ने सञ्चारमन्त्री

नेपालका ४५ प्रतिशत महिला अनिच्छित

९ महिनामा फेरि १२ प्रतिशतले बढ्यो

१ लाख घुससहित इन्जिनीयर पक्राउ

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला