मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्नेको भीड

      मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्नेको भीड

म्याग्दी । मुस्ताङको कागबेनीमा तीर्थयात्रीको भीड शुरू भएको छ । शनिवारदेखि चैते दशैं शुरु भएकोले कागबेनीमा पितृ तर्पण दिए मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वासका कारण हिन्दुधर्मावलम्बी हरेक वर्ष त्यहाँ पुग्ने गर्छन् ।

तीर्थयात्री लगायत घुम्नलाई त्यहाँ पुगेका आन्तरिक पर्यटकको भीडले मुस्ताङको मुक्तिनाथ,कागबेनी र जोमसोम क्षेत्र भरिएको छ । औंशीका दिन मात्रै पाँच हजारभन्दा बढी संख्यामा तीर्थयात्री तथा पर्यटकहरु मुस्ताङमा पुगेको स्थानीय होटल व्यावसायीको अनुमान छ । स्थानीय पर्यटन व्यवासायी दाबा शेपा भन्छन,‘कागबेनी आउने यो उपयुक्त मौसम भएकाले पर्यटकको भीड बढेको छ ।’

चैते दशैंको औंशीमा आफ्ना दिवंगत पितृलाई कागबेनीमा तर्पण दिई श्रद्धागरेमा मोक्ष प्राप्त हुने विश्वासले मानिसहरु टाढाटाढाबाट मानिसहरू मुस्ताङ पुग्ने गरेका छन् ।

ट्राफिक कार्यालय मुस्ताङका अनुसार बिहीवार मुस्ताङमा ५ हजार ३४० जना आन्तरिक पाहुना पुगेका थिए । आन्तरिक पाहुनाको ओइरो लागेपछि सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

स्थानीयका अनुसार वर्षको दुईपटक कागबेनीमा दर्शनार्थीको भीड लाग्छ । बडादशैं अघि पर्ने सोह्रश्राद्ध र चैतेदशैंको औंशी तिथिमा कागबेनीमा श्राद्ध तथा तर्पण गर्न आन्तरिक तिर्थालुको भीड लाग्ने हुँदा आउजाउ बढेको हो ।

सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वासका कारण मुक्तिनाथ र कागबेनीमा बर्षेनी हजारौँको संख्यामा नेपाल तथा भारताका तीर्थयात्रीहरु आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

  पाँच वर्षीय बालिकालाई रक्त क्यान्सर, उपचारका

मुस्ताङको कागबेनीमा पितृ तर्पण

राहत वितरणमा एकद्वार प्रणाली लागू

१२ जना नेपाली किशोरीको नयाँ दिल्लीबाट

सिमकोट गाँउपालिकाका महिला समूहलाई

गृहणी बनिन फोटोग्राफर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला