सिमकोट गाँउपालिकाका महिला समूहलाई नौ लाखको अनुदान सामग्री बितरण

   सिमकोट गाँउपालिकाका महिला समूहलाई नौ लाखको अनुदान सामग्री बितरण

दाने बोहरा । हुम्ला । सिमकोट गाउँपालिकाले सोमबार  आठ ओटै वडा महिला समुहका एक सय आठ सदस्यहरुलाई नौ लाख रुपैयाँ बराबरको अनुदान सामाग्री वितरण गरेको छ । गाउँपालिको पशु सेवा शाखामा दर्ता भएका पाँच ओटा महिला समूहलाई त्रिपाल तथा सौर्य टुकी, ऊन काट्ने कैची तथा काईयो वितरण गरिएको हो ।

पशु सेवा शाखा प्रमुख तथा नायब पशु स्वास्थ्य प्राविधिक कृष्ण बहादुर बुमीले गाउँपालिकाको वार्षिक कार्यक्रममा महिला लक्षित शीर्षकबाट रकम वितरण गरिएको बताए ।  गाउँपालिकाका अनुसार दलीत उत्थान भेडापालन समूहका २, धारापोरी खर्क उपभोक्ता समुहका १६, पातीहाल्ना खर्क उपभोक्ता समुहका २४, परिवर्तनसिल भेडापालन समुहका २३ र मालीका भेडापालन समुहका १५ जना महिला समुहका सदस्यलाई उक्त सामाग्री वितरण गरिएको छ ।

हिउँदको महिना अन्त्य भए सँगै वर्षाको समयमा लेकमा भेडाबाख्रा, गाईवस्तुहरु पालन गर्न लिने भएका कारण महिलालाई सजिलो होस् भनि उक्त सामाग्री वितरण गरिएको बुमीले बताए ।  गाउँपालिकाको दोस्रो चौमासिक कार्यक्रम अन्र्तगत सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका पाँच ओटा महिला समुहलाई ती सामाग्री वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।

दर्जीका अनुसार गाउँपालिकाका व्यवसायिक कृर्षि गर्ने सहकारी, कृषक समुह र अगुवा कृषकलाई तरकारी वीउ पनि निशुल्क वितरण गरिएको बताए । आठवटा वडा रहेको सोही गाउँपालकामा ६५० जना कृषकलाई तरकारी वीउ वितरण गर्ने लक्ष्य भएपनि त्यो भन्दा बढीलाई वितरण गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

  पाँच वर्षीय बालिकालाई रक्त क्यान्सर, उपचारका

मुस्ताङको कागबेनीमा पितृ तर्पण

राहत वितरणमा एकद्वार प्रणाली लागू

१२ जना नेपाली किशोरीको नयाँ दिल्लीबाट

सिमकोट गाँउपालिकाका महिला समूहलाई

गृहणी बनिन फोटोग्राफर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला