शनिबार चौथौं नेपाल लायन्स फेष्टिबल हुने

   शनिबार चौथौं नेपाल लायन्स फेष्टिबल  हुने

काठमाडौं । चौथौं नेपाल लायन्स फेष्टिबल कार्यक्रम फागुन १८ गते शनिवार भक्तपुरमा आयोजना हुने भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट–३२५ अन्तर्गत नेपालभरका लायन सदस्यले भाग लिने कार्यक्रमको आतिथ्य डिष्ट्रिक्ट ३२५ ए–२ ले गर्नेछ भने फेष्टिबल सम्पन्न गर्नका लागि भक्तपुरका लायन्स क्लबहरूले सहयोग गर्ने प्रचारप्रसार संयोजक विजय हाछेथुले जानकारी दिए ।  

नेपालमा के गर्दैछ लायन्स ?

१४ लाख ५० हजार भन्दा सदस्य एवम् स्वयमसेवी रहेका लायन्स क्लब संसारकै ठूलो स्वयंसेवी सामाजिक संस्था हो । । सन् १९७१ मा नेपाल प्रवेश गरेको लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गत डिष्ट्रिक्ट ३२५ ए १, ए २, बी १ तथा बी २ गरी चार भागमा विभक्त गरिएको छ । चारै डिष्ट्रिक्टमा करीव ९०० ओटा लायन्स क्लबमा ३० हजार भन्दा बढी सदस्य आबद्ध छन् ।

नेपालमा लायन्स क्लबहरुले विशेष गरी आंखा रोगको निदानका लागि विशेष काम गर्दै आएको छ । त्यसका साथै प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्दै आएको छ ।  यस बाहेक रक्तदान, भोकोपन निवारण, स्वास्थ्य सेवा, शिक्षाका लागि विद्यालय निर्माण र छात्रबृत्ति प्रदान, वातावरण संरक्षण जस्ता प्रमुख कार्यहरुमा नेपालका लायन्स क्लबहरु संलग्न भइआएका छन् । हालसालै त्रिभुवन विश्वविद्यालयले आफ्नो परिसर कीर्तिपुरमा उपलव्ध गराएको ३ रोपनीको क्षेत्रफलमा नेपाल रेडक्रशले मात्र रक्त सञ्चार केन्द्र सञ्चालन गर्दै आएकोमा रेडक्रश वाहेक पहिलो पटक दक्षिण एशियामै अत्याधुनिक त्रिवि—लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्र भवनको निर्माण नेपालकै लायन्सहरुको सहयोगमा निर्माणधीन रहेको र निकट भविष्यमै यस केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ  ।

सामाजिक सेवाको अलावा माथि उल्लेख बमोजिम नेपालका चारै वटा डिष्ट्रिक्ट अन्तर्गतका लायन सदस्यहरुले वर्षमा एक पटक लायन्स फेष्टिबलका माध्यमबाट सबै क्लबहरु भेला भई एक आपसमा भएका अनुभव साटासाट गर्ने र आफूले गर्दै आएका सेवा कार्यहरुको प्रस्तुति र केही मनोरञ्जनात्मक खेलहरुका माध्यमबाट परिचित हुने अवसर प्राप्त गर्दै आएको र यस चौथौं नेपाल लायन्स फेष्टिबल पनि त्यसैको एक कडी हो ।

फेष्टिबल अन्तर्गत हुने कार्यक्रमहरुः

१  विहान ७ बजे दशरथ रंगशाला, काठमाडौंबाट भक्तपुर कार र्‍याली

२  विहान ७ः३० बजे दूधपाटी, भक्तपुरबाट सांस्कृतिक बाजागाजा, झांकी सहित भक्तपुर नगर परिक्रमा

३   विहान ११ बजे सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरमा उद्घाटन कार्यक्रम

४  प्रमुख सभास्थलमा विहानदेखि हुने कार्यक्रमहरुः

भक्तपुरको परम्परागत सीप, कला कौशलको प्रदर्शनी (परम्परागत तान बुन्ने, माटोको भांडाकुंडा बनाउने, दहि, काष्ठकला, भादगाउंले टोपी, अन्नबाट मठमन्दिर चित्रण, लायन्सको मण्डला आदि)

 व्यावसायिक प्रदर्शनीका स्टलहरु   

लायन्स अन्तरडिष्ट्रिक्ट खेलकूद प्रतियोगिता  

सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु

 

 

 

प्रतिकृया दिनुहोस

स्थानीय तहका विज्ञापनको समयअवधि १

गुठी विधेयकविरुद्ध विश्व हिन्दु

गुठीयारलाई सामन्ती भन्ने सञ्चारमन्त्री

नेपालका ४५ प्रतिशत महिला अनिच्छित

९ महिनामा फेरि १२ प्रतिशतले बढ्यो

१ लाख घुससहित इन्जिनीयर पक्राउ

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला