शहिदको सम्मान नहुँदा पीडा झन बढ्छःशहिद परिवार

        शहिदको सम्मान नहुँदा पीडा झन बढ्छःशहिद परिवार

काठमाडौं । राजनीतिक परिवर्तनका सम्वाहक शहिदको सम्मान नहुँदा आफूहरूलाई पीडा थपिने शहिद परिवारका सदस्यहरूले बताएका छन् । जनआन्दोलनका घाईते तथा सहिद परिवारले आज काठमाडौंमा आयोजित कार्यक्रममा राज्यले आफूहरुलाई बेवास्ता गर्दा पीडा थपिएको अनुभूति हुने बताए ।

रिपोर्टर्स क्लब नेपालले शहिद दिवसको अवसर पारेर आयोजना गरेको विशेष साक्षात्कारमा २०६२/०६३ को जनआन्दोलनका सहिद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो पोखे । उनले भने,‘राज्यले हाम्रा अभिभावको रगतलाई चिनेन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावले ज्यानको आहुती दिए । तर, राज्यले हामीलाई कहिल्यैपनि सम्झिएन् ।’

कार्यक्रममा सहिद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने र घाईते जिउँदा शहिदहरुले राज्यबाट कुनै पनि सम्मान नपाएको गुनासो सुनाइन् । उनले भनिन्,‘नेता तथा कार्यकर्ताले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारले केही पनि नपाउने ?।’

उनले चुनावको बेला मात्रै दलका नेताहरुले शहिद परिवार र घाईतेलाई सम्झिने गरेको र सत्तामा पुगेपछि चटक्कै बिर्सिने गरेको आरोप लगाईन् । उनले सहिदहरुको सम्मानको लागि पनि सरकारले सार्वजनिक विदा दिनुपर्ने माग समेत गरिन् । हरेक वर्ष सहिद दिवस मनाउँदै गर्दा आफूहरु आफन्त गुमाएको पीडामा पर्ने गरेको पनि उनले बताईन् । तर, राज्यले आफूहरुलाई खासै वास्ता नगरेकोमा उनले आक्रोश पोखिन् ।

त्यस्तै कार्यक्रममा सहिद बासुदेव घिमिरेकी धर्मपत्नी सुनिता घिमिरेले सरकारले आफूहरुको पीडा नसुनेको गुनासो पोखिन् । उनले भनिन्,‘हामीहरुकै श्रीमानहरुको रगतका कारण आज यत्रो परिवर्तन आयो । तर, सरकारले हामीलाई कुनै वास्ता गरेको छैन ।’ सरकार आफ्नो ७ पुस्तालाई पुग्नेगरि कमाउन व्यस्त रहेको पनि उनले आरोप लगाईन् ।

शहिद चन्द्र बहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमानले जीवन नै आहुती दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो पोखिन् । उनले भनिन्,‘राज्यले हाम्रा बालबालिकाहरुलाई टुहुरो बनायो । राज्यले सहिद सप्ताह मनाउँदै गर्दा हामीलाई सम्झिएन । धेरै दुःख लागेको छ ।’ उनले चार जना सहिदको मात्रै नभएर २०६२/०६३ को जनआन्दोलनका २१ जनै सहिदहरुलाई पनि जोडेर शालीक निर्माण गर्नुपर्नेमा जोड दिईन् ।

सहिद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले सहिद परिवारलाई सरकारले बाँच्ने आधार बनाईदिनुपर्ने पनि माग गरे ।

कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका घाईते मेघराज आचार्यले आफू मृत्युले छोडेको व्यक्ति भएको सुनाउँदै नेपालीहरुले खाएको प्रत्येक गाँसमा र फेर्ने प्रत्येक श्वाँसमा सहिदको मूल्य रहेको बताए । आफू अहिलेपनि औषधी र उपचारको भरमा बाँचेको आचार्यले सुनाए । तर, राज्यले जनआन्दोलनका घाईतेहरुको उपचारमा कुनै सहयोग नगरेको पनि गुनासो पोेखे । उनले भने,‘राज्यले हामीलाई अवहेलना गरेको छ ।’

कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका घाईते सुनिल भट्टराईले राज्यले पछिलो समय हचुवाको भरमा सहिद घोषणा गर्दा बास्तविक सहिदहरुको अपमान भएको बताए । भट्टराईले पछिल्लो समय मुलुकमा सुशासन कायम हुन नसकेको र दण्डहीनता मौलाएको पनि आरोप लगाए । त्यस्तै २०६२/०६३ को जनआन्दोलनका घाईते ढाल बहादुर बस्नेतले लोकतन्त्रको लागि लड्दा आफूले अहिले अपाङगताको जीवनयापन गर्नुपरेको सुनाउँदै अहिलेसम्म राज्यले कुनै वास्ता नगरेको गुनासो पोखे ।

ह्विलचियरमा बसेर आफ्नो धारणा राखेका बस्नेतले सिंहदरबार आफूहरुको मुल्यले बनेको पनि बताए । उनले भने,‘हामी जिउँदा सहिद हौं । २०६२/०६३ को जनआन्दोलनका घाईते युवराज कँडेलले आफूहरु जीवन मरणको दोसाँधमा रहेको बताए । तर, राज्यले आफूहरुलाई कुनै वास्ता नगरेको उनले गुनासो पोखे । उनले जनआन्दोलनका घाईतेहरु अब एकजुट भएर राज्यसँग आफूहरुले पाउनुपर्ने सेवा सुविधाकोलागि लड्नुपर्ने धारणा राखे ।

 

प्रतिकृया दिनुहोस

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

सिंहदरबार घेर्न खोज्ने आरक्षण अभियन्ता

२ करोड माग्दै धम्क्याउने युवकलाई गोली

बाढीले बाँध बगाएपछि ५ दिनदेखि गाउँ

ग्यासको मूल्य घट्यो,पेट्रोल,डिजेल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला