गाई र भैंसीको दूधमा कुन राम्रो ?

   गाई र भैंसीको दूधमा कुन राम्रो ?

दूध मानव स्वास्थ्यका लागि पोसिलो र प्रोटिन युक्त पदार्थ मानिन्छ । त्यसै कारण विभिन्न जनावरको दूध खाने प्रचलन छ । खासमा  गाई र भैंसीको दूध निकै स्वास्थ्यबर्धक रुपमा लिने गरिन्छ । तर, गाई र भैंसीको दूधमा कुन चाहिँ वढी लाभदायी छ भन्नेबारे प्रायः मानिस अन्यौलमा छन् ।

देख्दा दुबै उस्तैं छन्, स्वाद पनि करिब–करिब उस्तैं उस्तै हुन्छ । तर, गाईको दुधको तुलनामा भैंसीको दूध बाक्लो र बढी प्रोटिन युक्त हुन्छ । भैंसीको दूध विशेषगरी खीर, चियाको लागि बढी उपयुक्त हुन्छ भने गाईको दूध नवजात शिशुका लागि स्वस्थ्यबर्धक मानिन्छ ।

किनकी गाईको दुधमा प्रोटिनको मात्रा कम र पातलो हुन्छ जुन नवजात शिशुले सहजै पचाउन सक्छन् । गाई र भैंसीको दूधमा हुने केही फरक यस्ता छन् । गाईको दुधमा चिल्लो कम गाईको दुधमा न्यून मात्रामा चिल्लो हुन्छ । जसका कारणले यो पातलो र यसमा कम फिँज हुन्छ ।

भैंसीको दुध बाक्लो भैंसीको दुधमा क्याल्सियम बढी भैंसीकोदुधमा क्याल्सियमको मात्रा बढी हुने भएकाले हाइपरटेन्सन, मिर्गौला रोगीका लागि उपयुक्त हुन्छ । गाईको दुधमा ९० प्रतिशत पानी गाईको दुध निकै पातलो हुन्छ । गाईको दुधका ९० प्रतिशतसम्म पानी हुन्छ ।

जसले शरीरमा आवश्यक पानीको मात्रा पुरा गर्न सहयोग गर्छ । पश्चिमाहरूको रोजाइमा गाईको दूध संसारभर नै गाईको दुध प्रयोग गरिन्छ तर पश्चिमीमुलुकका मानिसहरू अन्य देशका तुलनामा गाईको दुध बढी खाने गर्छन । भारत, पाकिस्तानलगायत देशमा भैंसीको दुध बढी प्रयोग गर्छन । एजेन्सीको सहयोगमा

 

प्रतिकृया दिनुहोस

गुठी विधेयकविरुद्ध विश्व हिन्दु

गुठीयारलाई सामन्ती भन्ने सञ्चारमन्त्री

नेपालका ४५ प्रतिशत महिला अनिच्छित

९ महिनामा फेरि १२ प्रतिशतले बढ्यो

१ लाख घुससहित इन्जिनीयर पक्राउ

गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला