कर्मचारीका गुनासा सम्बोधन गर्छौंः सह–सचिव भट्टराई

     कर्मचारीका गुनासा सम्बोधन गर्छौंः सह–सचिव भट्टराई

काठमाडौं । कर्मचारी समायोजना अध्यादेश–२०७५ गुनासो व्यवस्थापन समितिका संयोजक एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव रुपनारायण भट्टराईले अध्यादेशप्रति कर्मचारीको तर्फबाट आएका गुनासालाई आत्मसात गर्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने,‘कर्मचारीहरुको तर्फबाट आएका ९९ प्रतिशत गुनासाहरु वृद्धि विकासबारे छन् । यो अध्यादेशले विगतकोभन्दा राम्रो अवसर सिर्जना गरेको अवस्था छ ।’ उनले भने,‘यो समितिमा आधिकारिक ट्रेड युनियनको पनि सहभागिता गराईसकेका छौं । अब समितिमा आएका गुनासाहरुलाई नीतिगत रुपमा पनि सम्बोधन गर्दै जानुपर्छ ।

कार्यक्रममा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले समायोजन अध्यादेशले कर्मचारीको मनोवल गिराउने काम गरेको गरे । उनले भने,‘कर्मचारीको मनोवल बढाउनेगरि अध्यादेश सच्याउनुपर्छ ।’ ढकालले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीको वृद्धि विकासको ढोका अध्यादेशमा बन्द गरिएकोपनि गुनासो पोखे ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले अध्यादेशप्रति आफूहरुको असहमति नभएको तर यसभित्र रहेका विषयमा असहमति रहेको स्पष्ट पारेका छन् । उनले हतारमा अध्यादेश ल्याईएको भन्दै आपत्ति पनि जनाए । कर्मचारी समायोजन स्वैच्छिक बनाउनुपर्ने अध्यक्ष पोखरेलको भनाई छ ।

विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष टोपबहादुर बानियाँले अध्यादेशले कर्मचारीलाई विभेद गरिएको गुनासो पोखे । उनले भने,‘सरकारले दुईतिहाइको दम्भमा कर्मचारीमाथि भय र त्रास उत्पन्न गरी बलमिच्याँइमा यो अध्यादेश ल्याएको छ ।’

मङ्सिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ को विरोधमा कर्मचारीहरु आन्दोलित छन् ।

 

प्रतिकृया दिनुहोस

गुठी विधेयकविरुद्ध विश्व हिन्दु

गुठीयारलाई सामन्ती भन्ने सञ्चारमन्त्री

नेपालका ४५ प्रतिशत महिला अनिच्छित

९ महिनामा फेरि १२ प्रतिशतले बढ्यो

१ लाख घुससहित इन्जिनीयर पक्राउ

गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला