सामाजिक सुरक्षा योजना कार्यान्वयन समृद्ध नेपालको पहिलो खुड्किलोःप्रधामन्त्री ओली

  सामाजिक सुरक्षा योजना कार्यान्वयन समृद्ध नेपालको पहिलो खुड्किलोःप्रधामन्त्री ओली

 काठमाडौ । सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको क्षेत्रमा यो सरकारको नयाँ कदमले  ‘नयाँ युगको आरम्भ’ गरेको दाबी गरे ।

अहिले जनतामा नकारात्मक सन्देश फैलाउने चेष्टा भइरहेको भन्दै यो कार्यक्रमले देशवासीमा सकारात्मक सन्देश दिने प्रधानमन्त्री ओलीले बताए ।  सरकार नागरिकको अभिभावक भएकाले उनीहरूको हित गर्नु उसको दायित्व हो । प्रधानमन्त्रीले भने,‘२५ वर्ष अघि तत्कालीन एमालेको अल्पमतको सरकारले सामाजिक सुरक्षा कार्यक्रम  लागू गरेको स्मरण गर्दै सरकारले श्रमिकको हितका लागि सामाजिक सुरक्षा कोष मार्फत सुविधाको व्यवस्था गर्न लागेको हो ।’ कोषमा रोजगारदाताले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत योगदान गर्ने छन् ।

सो रकमबाट कोषले श्रमिकलाई  औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना बमोजिम सहयोग गर्ने छ । योजनामा समावेश भएका श्रमिकले सामाजिक सुरक्षा कोषबाट ४ प्रकारका सुविधा पाउने व्यवस्था गरिएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अब छिट्टै सातै प्रदेशमा कोषमा सहभागी हुने रोजगारदाताको सूची तय गरिने बताए । उनले भने,‘यो कार्यक्रमबाट श्रमिकको जीवनस्तर माथि उठन बल पुग्ने छ ।’ सो व्यवस्थाअनुसार श्रमिकले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको छ।

कार्यक्रमअनुसार योजनामा समावेश भएको दिन देखि नै दुर्घटना तथा अशक्तता योजनाको सुरक्षा पाउने छन् भने रोजगारी जन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च योजनामा समेटिएको छ। व्यवसायजन्य रोगको उपचारका लागि भने कोषमा २ वर्ष सम्म योगदान गरेको हुनुपर्छ। त्यस्तै अन्य दुर्घटनामा सात लाख रुपैयाँसम्मको उपचार खर्च कोषबाट उपलब्ध हुने व्यवस्था गरिएको छ। तर सडक दुर्घटना अन्य प्राकृतिक दुर्घटना वा अन्य विमाबाट रकम पाउने देखिए कोषबाट सुविधा प्राप्त नहुने व्यवस्था गरिएको छ। सामाजिक सुरक्षाकोषमा योगदानकर्ताको निधन भएमा आश्रितले पनि सुविधा पाउने व्यवस्था गरिएको छ। यसअन्तरगत पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत तलबमानको ६० प्रतिशतका दरले आजीवन पेन्सन पाउनेछन्।

साथै १८ वर्षभन्दा कम उमेरका छोरा छोरी रहेकामा ती छोराछोरीका अध्ययनका लागि थप ४० प्रतिशत शैक्षिक वृत्तिको व्यवस्था गरिएको छ। पति पत्नी वा छोरा छोरी कोही नभएका अवस्थामा आश्रित बुवा आमाले ६० प्रतिशत रकम आजीवन पाउनेछन्।

योगदानकर्ता अवकाश भएपछि बृद्धाअवस्था सुरक्षा योजना अन्तरगत निविर्तिभरण पाउनेछन्। कोषमा योगदान गरेका श्रमिकले १५ वर्ष पछि योगदान गरेको रकमका आधारमा  आजीवन पेन्सन वा उपदान पाउने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला