नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै शान्ति समितिका कर्मचारी रुष्ट

     नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै शान्ति समितिका कर्मचारी रुष्ट

काठमाडौं । लामो समयदेखि जिल्लामा (साविकका) स्थानीय शान्ति समितिमा कार्यरत अधिकांश कर्मचारीलाई शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दै नियोजित रुपमा सेवाबाट हटाईएको  भन्दै असन्तुष्टी  जनाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा सो समितिमा कार्यरत कर्मचारीले पत्रकार सम्मेलन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले उचित काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

स्थानीय शान्ति समिति रसुवाका सचिव केदार काफ्लेले द्वन्द्वकालीन घट्नाका मुद्दामा अनुसन्धान, छानबिन र सत्य निरुपण गर्न सरकार गठित दुई आयोगलाई सरकारले दिएको समयावधि नसकिँदै कर्मचारी हटाएर सरकारले गल्ती गरेको जिकिर गरे । उनले भने,‘सरकारको कदम पनि पीडितको पक्षमा छैन्, सरोकारवाला निकायसँग पीडितहरुलाई जोड्न पुलको रुपमा काम गरिहेका कर्मचारीहरु हटाएर पीडितहरुमाथि अन्याय गर्ने काम भएको छ, द्वन्द्वकालीन मुद्दा समाधान गर्नको लागि गठन गरिएका दुबै आयोगले उपलब्धि देखिनेगरि काम गर्न लगाएका स्थानीय शान्ति समितिका कर्मचारीलाई यतिबेला बेवास्ता गर्नु दुःखद् हो ।’

आफूहरुको सवाल जागिरको भन्दापनि पीडितको न्यायको कुरा भएको उनको जिकीर छ । उनले अघि थपे,‘पीडितले पटक–पटक हाम्रोसामु पीडा सुनाउँदै रोएका छन । त्यो पीडालाई सरकार र सरकार मातहतका आयोगले पूरा गरेर देखाउन जरुरी छ ।

जिल्लामा रहेको स्थानीय शान्ति समितिका प्रायजसो द्वन्द्व पीडित परिवारकै सदस्य कर्मचारी रहेको अवस्था सरकारले यसरी कर्मचारी हटाउनु पीडितमाथि अन्याय भएको द्वन्द्वपीडित परिवारबाट कर्मचारी रहेकी रेखादेवी चौधरीले बताईन् । उनले सरकारले सबै द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने अवस्थामा काम गरिरहेका कर्मचारीलाई हटाउँदा पीडितले न्याय पाउने कुरामा अन्यौलता छाएको पनि गुनासो पोखिन् ।        

 

 

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला