छठ पर्व धुमधामसँग मनाइँदै

  छठ पर्व धुमधामसँग मनाइँदै

काठमाडौं । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर देशका विभिन्न भागमा छठ पूजा गरिँदै छ ।

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका तराईबासीले छठ पूजालाई विशेष पर्वका रुपमा मनाउछन् । केही वर्षअघि तराईबासीले मात्रै मनाउँदै आएको छठ पर्व बिस्तारै पाहाडी समुदायले पनि मनाउन थालेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छठ पूजाका लागि विशेष व्यवस्था गरिएको छ । राजधानीको गौरीघाट, बालाजुको माछापोखरी, हाडी गाँउको गहना पोखरी, कालिमाटी, कुपण्डोल, नख्खु,बल्खु आदी विभिन्न स्थानमा छठ पूजाको तयारी गरिएको छ । अस्ताउँदो सूर्यलाई पूजा गरेरअर्घ्य दिएपछि सुरु हुने छठी माईको पूजा बुधबार उदाउँदो सूर्यको पूजा गरेपछि यो पर्व समापन हुन्छ ।

काठमाडौंमा आयोजित छठ पूजा समारोहमा विगतझैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको छठ पूजा समितिले बताएको छ । छठ पर्वका ब्रतालु र भक्तजनको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।  

प्रतिकृया दिनुहोस

पाँचथर हत्याकाण्डमा ९ जनाको एक चिहान,शंकास्पद

विश्व हिन्दू महासंघको ७ औं राष्ट्रिय

एउटै वडामा १६३ को बालविवाह

यौन व्यवसायमा संलग्न १ सय २५ जना पक्राउ

बुवाको हत्या छानबिनको माग गर्दै

भाउजुको प्रेममा डुबेका मुकेशले पेट्रोल

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला