फाल्गुनन्द सधै स्मरणीय:प्रधानमन्त्री

फाल्गुनन्द सधै स्मरणीय:प्रधानमन्त्री

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसङगति हटाउन लागि सुरु गर्नुभएको अभियान सधैँ स्मरणीय रहेको बताउनुभएको छ ।

फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले समाज सुधारको लागि फाल्गुनन्दले जारी गर्नुभएको घोषणापत्र सदैव उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ । प्रमले शुभकामना सन्देशमा फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गर्नुभएको समाज सुधारको सात बुँदे घोषणाको पत्रले सुधारका लागि योगदान गरेको स्मरण गर्नुभएको छ ।

फाल्गुनन्दले समाज सुधारका लागि दिनुभएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्ने तर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गर्नुभएको छ । फाल्गुनन्दले अहिंसात्मक अभियान समेत सञ्चालन गर्नुभएको र त्यसले समाजमा शान्ति कायम गर्न महत्वपूर्ण योगदान गरेको प्रमले स्पष्ट गर्नुभएको छ ।

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्दछन् । प्रधानमन्त्री ओली अघिल्लोपटक प्रधानमन्त्री भएको बेला फाल्गुनन्दको जन्मदिनको दिन किराँत धर्मवालम्बीहरुलाई सार्वजनिक विदा दिन सुरुवात गरिएको हो ।

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला