कुमारीको रथयात्रा आजबाट, रथारोहण चार बजे

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार बजे

काठमाडौं–श्रीकुमारी रथयात्रा सोमवार हुँदैछ । यसलाई इन्द्रजात्राको आकर्षणका रुपमा लिइन्छ । गुठी संस्थान काठमाडौँ शाखा प्रमुख बैकुण्ठ रेग्मीका अनुसार दिउँसो ४ बजे श्रीकुमारीलाई रथारोहण गरेर ४ः३० बजे जैशिदेवलबाट लगनटोलतर्फ पहिलो रथयात्रा चलाइने छ । 

यस पटक मञ्जुश्री नकमहाविहार (ओमवहाल) सँग आवद्ध सुश्री तृष्णा शाक्य पहिलोपटक रथयात्रामा सरिक हुनु हुँदैछ । रथयात्रा स्थलमा मजिपाटको लाखे, हल्चोकको भैरव, किलागलको पुलुकिसी, भक्तपुरको महाकाली र रामचन्द्र नाच, किलागलकै महालक्ष्मी नाच पनि यसैदिन आगन्तुक समक्ष प्रस्तुत हुन्छ ।

काममा खटिनु भएका सुरेन्द्र अमात्यका अनुसार रथ यात्रामा रथ तान्न बल आओस् भनेर गुठी संस्थानले कुमारीघरमा ४७ धार्नी राँगाको मासु र एक सय बोरा ताइचिन चिउराको भतेर लगाएको थियो । पाँचसय भन्दा बढी गुठियार, रैरकमी र जात्रामा सहभागी हुनुपर्ने कामदारले यो भतेर खाएका जनाइएको छ । 

धनभाजु महर्जनको गुठीबाट सोही अनुपातमा जाँड पनि खुवाइएको छ । काममा खटिनु भएका सुरेन्द्र अमात्यका अनुसार बलम् भोज भनिने यो भतेर खाएपछि रकमीहरू जात्राको उन्मादमा हुन्छन् ।

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला