पाल्पामा पहिलो ‘अदालती’ विवाह

         पाल्पामा पहिलो ‘अदालती’ विवाह

पाल्पा । नयाँ मुलकी ऐन संहिता बमोजिम पाल्पा जिल्ला अदालतमा विवाह सम्पन्न भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो ।

तानसेन नगरपालिका– ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडौं महानगरपालिका– ३ बस्ने २८ बर्षिया उप्पलवणा शाक्य बीच जिल्ला अदालत पाल्पामा विवाह सम्पन्न भएको हो ।  

जिल्ला न्यायाधीश शंकरराज बरालको रोहवरमा बेहुला पक्ष र बेहुली पक्षको सहमतिमा अदालती विवाह भएको हो । जिल्ला अदालत पाल्पाले श्रेस्तेदार सुवर्णप्रसाद खनालको हस्ताक्षरमा मुलुकी संहिता २०७४ को दफा ८० को उपधारा २ बमोजिम दुुवै बीच विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।

यसअघि यस्तो किसिमको विवाह जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको काम नयाँ संहिता लागू भएसँगै जिम्मेवारी अदालतमा गएको हो । नयाँ संहिता जारी भएपछि जिल्ला अदालत पाल्पाबाट भएको यो पहिलो विवाह भएको श्रेस्तेदार खनालले बताए ।

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला