निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी: कर्ण

    निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी: कर्ण

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री दोषी रहेको आरोप राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले लगाएका छन् ।

घटनाको छानबिनमा प्रहरीको गम्भीर त्रुटि हुँदापनि उनीहरूलाई कारबाही नगर्नुमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको उनले आरोप लगाएको छ । नेता कर्णले प्रारम्भिक अनुशन्धानमै प्रहरीले हेलचेक्रयाँई गरेको थाहा हुँदाहुँदैपनि कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे ।

उनले भने,‘अहिलेसम्म घट्नाको दोषी पत्ता लगाउन नसक्नु सत्ता सञ्चालकको विफलता हो ।’ कर्णले गृहमन्त्रीले संसदमा दिएको जवाफ आश्चर्यजनक भएको पनि जिकिर गरे । उनले भने,‘गृहमन्त्रीले संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन ।’ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुशन्धान सुरू गर्नुपर्ने बताएका छन् । उनले भने,‘घट्ना भएको आज ५२ दिन भैसक्यो । तर,अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन् ।’

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नै अनुसन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिससकेपछि अनुसन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भएपनि त्यसो नगरिएको उनको गुनासो छ । सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए ।

उनले आफूले यस घट्नाबारे प्रधानमन्त्रीलाई गलत ‘बिफ्रिङ’ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे । भट्टले अघि भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घट्नाको बारेमा राज्य गम्भीर बन्नुपर्छ ।’

मानवअधिकारकर्मी तुलसी थापाले निर्मला पन्त नाबालिकाको बलात्कारपछि हत्याजस्तो अमानवीय, निर्मम र हृदयविदारक घट्ना हुँदापनि राज्यले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न गम्भीरता नदेखाएको गुनासो पोखे ।

 

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला