पशुपति क्षेत्रको मौलिकता मास्न पाईन्न:आरोहण 

पशुपति क्षेत्रको मौलिकता मास्न पाईन्न:आरोहण 

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्रमा सुरु गरेको अनधिकृत निर्माण कार्यको विरोध भएको छ । विहीबार पशुपति विकास कोषको कार्यालयमै पुगेर आरोहणका सदस्यहरूले विरोध जनाएका छन् । 

केही समय अघिदेखि पशुपतिनाथ क्षेत्रमा पार्क बनाउने नाममा विकास कोषले सिमेन्ट प्रयोग गरेर जथाभावी रुपमा सडक, शिवलिङ्ग, शालिक तथा भवनहरूको निर्माण थालेको छ । यसरी विश्व सम्पदा सुचीमा परेको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलमा सिमेन्टआदिको प्रयोग हुनु तथा जथाभावी रुपमा निर्माण कार्य हुनु निन्दनीय रहेको आरोहणले जनाएको छ ।

‘यो कोष पशुपतिनाथको विकासका लागि हो कि विनाशका लागि हो ?’ आरोहणका एक युवा सदस्य सुरेन्द्र गौतमले टिप्पणी गरे, ‘विश्व सम्पदा सूचीमा परेका स्थलहरूको कसरी रेखदेख गर्ने ? भन्ने पनि यिनीहरूलाई थाहा छैन ।’ 

विकास कोषका सदस्य–सचिव डा.प्रदिप ढकाल विदेश भ्रमणमा व्यस्त छन् । आरोहणले कोषका सिईओ रमेश उपे्रती र कोषाध्यक्ष मिलनकुमार थापालाई संयुक्त रुपमा भेटेर ज्ञापनपत्र बुझाएको हो । आरोहरणको तर्फबाट अर्का युवा सदस्य जय प्रकाश गुरागाञीले ज्ञापन पत्र पढेर सुनाए ।

‘पशुपतिनाथ क्षेत्रमा धार्मिक र साँस्कृतिक महत्व बोकेका पुराना र ऐतिहासिक संरचनाहरु धेरै रहेका छन् । भुकम्पमा भत्केका संचरनाहरू अहिले पनि बेहाल र बेवारिसे अवस्थामा छन् । भएका सम्पदाहरूको संरक्षण र संवद्र्धनका साथै भत्केका संचरनाहरूको पुनर्निमाण अहिलेको आवश्यकता हो तर विकास कोष आफैँ सम्पदा मास्न कम्मर कसेर लागेको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

ढुङ्गा अथवा ईँटाको प्रयोग गर्ने प्राचीन विधि हुँदा हुँदै विकास कोष आफैँ अघि सरेर पुशपति क्षेत्रभित्र सिमेन्ट र छडको प्रयोग गरेर मौलिकता मास्न उद्दत रहेको आरोप उनीहरूको छ । आरोहणको माग छ, ‘पशुपतिनाथ क्षेत्रमा भुकम्पले भत्केका सम्पदाहरुको पुनर्निमाण गर तथा वेवारिसे अवस्थामा रहेका सम्पदाहरूको संरक्षण गर ।’ 

ज्ञापनपत्रमाथि सिईओले चित्त बुभ्mदो जवाफ दिन नसकेपछि, वादविवाद भयो । सो क्रममा सिईओ र कोषाध्यक्षले कोठा छाडेर बाहिर निस्कन खोजे । आरोहणका सदस्यहरूले उनीहरुलाई बाहिर निस्कन नदिएपछि, सिईओले अहिले चलिरहेको निर्माण कार्यमाथि पुनर्विचार गर्ने तथा पुरातत्वविद्, संस्कृतिविद् तथा ईतिहासविद्हरुसँग सल्लाह गरेर मात्रै अगाडि बढ्ने वचन दिए ।

पशुपतिनाथको मौलिकतामाथि अलिकति पनि अतिक्रमण भए, आफुहरु चुपचाप नबस्ने आरोहणका युवा सदस्य नवराज पनेरुले बताए । विरोध कार्यक्रममा धार्मिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।          

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला