काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्री कृष्णजन्माष्टमी’ आइतबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ । भगवान कृष्णको लीला र महिमा अपार रहेको धार्मिक विश्वास छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । सरकारले कृष्णाष्टमीका दिन सार्वजनिक विदा दिने गरेको भएपनि नयाँ सरकारले यो वर्षबाट विदा कटौती गरेको छ ।
आज कृष्णमन्दिरहरूमा श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । पाटनको कृष्ण मन्दिर, पशुपति मन्दिर परिसरको स्वेतवर्ण कृष्ण, गोठाटारको कृष्ण मन्दिर, हनुमानढोकाको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा मेला लाग्छ । कृष्ण प्रणामी र इस्कोन समुदायले बुढानीलकण्ठमा यसै अवसरमा उत्सव राखेका छन् ।
प्रकाशित १७ भाद्र २0७५ , आइतबार | 2018-09-02 03:49:25
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार