काठमाडौंमा मनाइने गौराको मौलिकतामा कमी छैनः अम्बादत्त भट्ट,अध्यक्ष प्रशंसा समूह

 काठमाडौंमा मनाइने गौराको मौलिकतामा कमी छैनः अम्बादत्त भट्ट,अध्यक्ष प्रशंसा समूह

अम्बादत्त भट्ट प्रशंसा संरक्षण समूहका संस्थापक एवम् वर्तमान अध्यक्ष हुन् । २०५५ सालमा स्थापित प्रशंसा समूहले राजधानी काठमाडौंमा हरेक वर्ष गौरा पर्वको आयोजना गर्दै आएको छ । सुदूर तथा मध्यपश्चिमका मौलिक पर्व गौराको साँस्कृतिक एवम् ऐतिहासिक महत्व छ । दुई दशकदेखि काठमाडौँमा गौरा पर्व आयोजना गर्दै प्रशंसा समूहका अध्यक्ष अम्बादत्त भट्टसँग अमरवाणीका संवाददाता अभिषेक जोशीले गरेको कुराकानी:  

लामो समयदेखि राजधानीमा वर्षेनी गौरा पर्व आयोजना गर्दै आउनु भएको छ,यसमा अन्य संघसस्थाको पनि साथ सहयोग पाउनु भएको छ ?

सुरूका दिनमा प्रशंसा समूहले मात्र गौरा पर्व आयोजना गर्ने गरेको थियो । तर, अहिले अन्य संस्थाहरूलाई पनि समेटेका छौँ । हाम्रो नेतृत्वमा सह—आयोजक बनेर थुप्रै संघ/संस्थाले सहयोग गरिरहनु भएको छ । यसले गर्दा गौरा मनाउन सहज भएको छ । सबैको सहयोग र सहकार्यले गर्दा सुदूर तथा मध्यपश्चिमवासीको यो पर्वले राष्ट्रिय पहिचान कायम गर्न सफल भएको छ ।

जुन रितीथिती अनुसार सुदूर तथा मध्यपश्चिममा गौरा पर्व आयोजना गरिन्छ, यहाँ पनि त्यहि विधि बमोजिम मनाउने हो ?

गौरा पर्वको मौलिकताबारे हामी सचेत छौ । उता (सुदूर र मध्यपश्चिम) मा मनाउने र यता मनाउनेमा केही भिन्नता छैन् । सुरूका दिनमा कालीकास्थानमा केही परिवारहरूले गौरा मनाउने गर्नुहुन्थ्यो । त्यहाँ चाहिँ भिन्नता थियो । उहाँहरु गौराको एक दिन एक जना पण्डित बोलाएर मनाउने गर्नुहुन्थ्यो । तर, हामीले त पञ्चमीदेखि बिरुडा भिजाउने,गौरा ल्याउने र  विधि बमोजिमको पूजाअर्चना गर्ने गरिराखेको छ । जिल्ला–जिल्लाको गौरा मनाउने चलन भिन्न–भिन्न छ । हामीले त्यसमा एकरुपता ल्याउने प्रयास गरिरहेका छौँ ।

गौरा कहाँ सेलाउनु हुन्छ ?

वागमती किनारमा लगेर महिलाहरूले सेलाउनु हुन्छ ।

टुँडिखेलमा आयोजना हुने गौरा कस्तो हो नि ?

खासमा टुँडिखेलमा गौरा देवीको प्रसाद बाड्ने कार्यक्रम मात्र हो ।  प्रसाद वितरणका लागिमात्र १ दिन त्यहाँ जाने हो । बाँकी गौरा ल्याउने देखि लिएर पूजाअर्चनाको सबै काम कोटेश्वर महादेवको मन्दिरमै गरिन्छ । खुला ठाउँमा प्रसाद वितरण सहज होस भनेर टुँडिखेलमा जाने गरिएको हो । त्यहाँ पनि डेउडा खेल्नेदेखि छलिया नाच्नेसम्मका कार्यक्रम हुन्छन् । यसले सबैलाई संस्कृतिको माया साट्ने र आफ्नै गाँउघर पुगेको झल्को दिन्छ । यसपल्ट भोलि (सोमबार) टुँडिखेलमा गौरा आयोजना हुनेछ ।  

टुँडिखेलमा गौरा व्यवस्थापनमा सधैं कमीकमजोरी हुन्छन् किन ?

व्यवस्थापन सकभर राम्रो तरिकाले सम्पन्न गर्ने कोशिस गरिराखेका छौँ । तर, त्यति ठूलो समूहमा सबै जनालाई खुसी राख्न सकिन्न । सबैले मञ्चमै जान पाए हुन्थ्यो भन्ने रहर राखेका हुन्छन् । हामीले एक दिन या दुई दिनमा लागि मञ्च लिन्छौँ । खानेपानी तथा शौचालयको समस्या छ । यस्ता समस्या भईरहेका हुन्छन् तर हामीसँग स्रोतसाधनको कमी छ । हामी आपसमा पैसा उठाएर कार्यक्रम गरिराखेका छौँ । कसैले प्रायोजकको रुपमा सहयोग पनि गरेका छन् । आर्थिक पक्ष कमजोर भएको व्यवस्थापनमा केही कठिनाई छन् ।

यस्ता कार्यक्रम गर्न सरकारले आर्थिक सहयोग गर्दैन ?

सरकारको तर्फबाट अहिलेसम्म एक रुपैँया पनि सहयोग आएको छैन । पर्यटन बोर्डले अलिअलि सहयोग गर्ने गर्दथ्यो तर यसपाली त्यसको पनि टुङ्गो छैन । सरकारबाट सहयोगको हामीले पहल चाहिँ गरेका छौँ तर आजसम्म सहयोग आएको छैन । सहयोग प्राप्त हुन सकेको भए हामी पनि भव्यताका साथ गौरा मनाउँथ्यौँ । अहिलेसम्म आफैँ आफैँ आर्थिक सहयोग संकलन गरेर कार्यक्रम गरिराखेको स्थिति छ ।

०५५ सालबाट निरन्तर गौरा आयोजना गर्दै आउनु भएको छ ? यस दौरान के–कस्ता समस्या झेल्दै आउनु भएको छ ?

२० वर्ष अघि हामीले हाम्रा अग्रजहरु र पहिलेदेखि यहाँ स्थापित रहेका संघसंस्थालाई बोलाएर गौरा मनाऔँ; सहकार्य गरौँ भनेर भनेका थियौँ । उहाँहरुले हामीलाई कलिलो उमेरका देखेर होला, यस्तो गर्न सकिन्न भन्ने जवाफ दिनुभयो । त्यसपछि, हामीले हाम्रै तरिकाले गौरा आयोजना ग¥यौँ । कार्यक्रम सफल भएपछि यस्तो पनि गर्न सकिने रहेछ भनेर धेरै जनाले हाम्रो प्रशंसा गर्नुभयो । त्यो प्रशंसाले म भित्र उर्जा थप्यो । सुरुवाती दिनमा व्यवस्थापन निकै गाह्रो थियो । मानिसहरुलाई खबर गरेर बोलाउनु पथ्र्याे । पत्रिकामा सूचना गर्नुपर्ने अवस्था थियो । अहिले त्यो छैन् ।

 

निम्ता गर्न कोही छुटेछ भने रिसाउने गर्दथे । त्यसपछी, हामीले केही विशिष्ट मान्छेलाई मात्रै निम्ता दिने निर्णय ग¥यौँ र अन्यले आफैँ बुझेर आउनुपर्छ भन्यौँ । दुई तीन वर्ष यस्तै ग¥यौँ । अहिले कसैलाई निम्ता दिईराख्नु परेको छैन । सबै जना आफैँ आउनुहुन्छ । सबैले संस्कृतिलाई माया गरेका छन् ।  

हामीले पहल गरेर गौरालाई राष्ट्रिय पर्वको रुपमा स्थापित पनि गरायौँ । ०६८ देखि सरकारले राष्ट्रिय विदा नै दिन थालेको थियो । यस वर्षदेखि सबैको छुट्टी काटेको भएर गौराको पनि राष्ट्रिय विदा काटेको छ । अहिले हाम्रो सुदुर पश्चिमको मान्छेहरु जहाँ जहाँ बस्नुभएको छ, सबै ठाउँमा मज्जाले मनाउनुहुन्छ । पोखरामा सुदुरपश्चिम समाज गठन भएको छ । त्यहाँ पनि राम्रोसँग गौरा मनाउनुहुन्छ । जुनजुन ठाउँमा उहाँहरु गौरा मनाउनुहुन्छ हामीले आवश्यक सहयोग र परामर्श दिईराखेका छौँ ।

अँझै यसलाई परिस्कृत गरेर भव्य मनाउन के गर्नुपर्ला ?

यो सम्भावना छ । अहिले हामी प्रशंसा साँस्कृतिक कोष भनेर एउटा कोेष स्थापना गर्ने तयारीमा छौ । ज–जसले जति सहयोग दिनुहुन्छ । त्यस कोषमा राख्ने र त्यसबाट साँस्कृतिक पर्वहरु मनाउने र यसको लागि हामीले ६ लाख जति हामीले संकलन गरिसक्यौँ । यसलाई २५ लाख जतिको बनाएपछि हामीलाई साँस्कृतिक कार्यक्रम आयोजना गर्न आर्थिक अभाव हुँदैन । विभिन्न चाडपर्व सबैले मिलेर मनाउने उद्देश्यले नै कोषलाई मदत गर्न हामीले अरु संघसंस्थालाई पनि हामीले भनेका छौँ ।

पछिल्लो समय युवा पिँढीमा सांस्कृतिक मोह घट्दै गएको छ भनिन्छ ? तपाईलाई के लाग्छ ?

संस्कृति हस्तान्तरणको कुरो गम्भीर छ । त्यसकारण युवा भन्दा अघि अन्य पनि एक जुट हुनुप¥यो । सबैले अपनत्वको भाव ल्याउनुप¥यो । त्यसपछि, युवाहरुलाई कसरी सहभागी गराउने भनेर चिन्तन गर्नुप¥यो । यो सबै गर्नको लागि म धेरै लामो समयदेखि कोशिस गरिरहेको छुँ ।   

 

 

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला