द्वन्द्व पीडित भन्छन्,‘कंकाल मात्र भेटिएपनि चित्त बुझ्थ्यो’

 द्वन्द्व पीडित भन्छन्,‘कंकाल मात्र भेटिएपनि चित्त बुझ्थ्यो’

दिपेन्द्र शर्मा/सुर्खेत । तत्कालीन माओवादी सशस्त्र जनयुद्ध सकिएको पनि एक दशक पूरा भएको छ । तर, त्यतिबेला राज्य र द्वन्द्वरत पक्षबाट बेपत्ता नागरिकको अहिलेसम्म खोजबिन हुन सकेको छैन् । बेपत्ता परिवारको गुनासो छ, कि लाश कि सास खोजी दिनु पर्यो भनेको पनि यतिका वर्ष भयो, कसैले हाम्रा दुःख सुनेन् ।    

२०५६ सालमा सुर्खेतको राकमबाट राज्यपक्षले बलपूर्वक बेपत्ता पारिएको छोरा गुमानसिंह रानाको अवस्था अहिले पनि अज्ञात छ । उनकी आमा धनी राना १५ वर्षदेखि बेपत्ता छोराको खोजीका लागि गुहार्दै आएकी छिन् । भेरीनगरपालिका १ पिपेकी ६९ बर्षीय धनीको आवाज कतै सुनवाइ भएको छैन् । उनी भन्छिन,‘अहिलेसम्म न छोराको अवस्था सार्वजनिक भयो, न त बेपत्ता पार्ने व्यक्तिलाई कानुनी कारबाही भयो ।’ १९ बर्षदेखि छोरा गुमानसिंहको अत्तोपत्तो छैन । उनले आशु पुछ्दै भनिन्,‘अब सास र लास त के पाइएला ? कंकाल भए पनि चित्त बुझ्ने थियो ।’

०५६ सालमा राज्यपक्षयबाट बेपत्ता पारिएका खलंगा ९ रावत गाउँका खम्बे कामीको अवस्था पनि अहिलेसम्म अज्ञात छ । उनकी श्रीमती दीपा कामी भन्छिन्,‘अहिलेसम्म न  सास न त लाश कुनै अत्तोपत्तो छैन् ।’ घर व्यवहार धान्य कोही नहुँदा ७ जनाको परिवारको विचल्ली भएको छ । छोराछोरीको लालनपालनमा समस्या भएको उनले बताइन् । धनी, दीपा त एक प्रतिनिधी पात्र मात्र हुन् । उनीहरू जस्ता कर्णाली प्रदेशमा ३ सय ३९ जना वेपत्ता पारिएको तथ्याङ्क छ । अधिकारकर्मी खिमबहादुर शाहीले द्वन्द्वपीडितका अनेक समस्या भएको बताउँदै छोराछोरीको लालनपालन, शिक्षा तथा रोजगारी, सामाजिक अवहेलना खेप्न समेत पीडितहरु वाध्य भएको उनले बताए ।  

तत्कालीन विद्रोही माओवादी र सरकरबीच ०६३ मंसिर ५ गते  विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । सम्झौतामा ६० दिनभित्र बेपत्ताको स्थिति सार्वजनिक गरिसक्ने उल्लेख गरिएको थियो । शान्ति सम्झौता भएको एक दशकपछि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन भएपछि धेरै द्वन्द्व पीडितले न्याय पाउने आश गरेका थिए । तर, आयोगले उजूरी लिने काम मात्र गरेको छ ।  

कर्णालीमा ३ सय ३९ नागरिक वेपत्ता

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सशस्त्र द्वन्द्वको समयमा २०५२ देखि २०६५ मंसिर ५ सम्म ३ सय ३९ जना बेपत्ता भएको उजूरी परेको छ । वेपत्ता आयोगको तथ्याङ्गमा उल्लेख भए अनुसार सुर्खेतमा ६० जना, सल्यान ५९ जना, रुकुम ४६ जना, कालीकोट ४५ जना नागरिक वेपत्ता छन् । जाजरकोट ३८ जना, दैलेख ३६ जना, मुगु २५ जना, जुम्ला २०, डोल्पा ६ जना र हुम्ला ४ जना वेपत्ता पारिएको उजुरी आयोगमा दर्ता भएको छ । कर्णाली प्रदेशको सबै भन्दा बढी बेपत्ता सुर्खेत, सल्यान, कालीकोट रहेका छन । यस मध्येका हुम्ला र डोल्पामा सबै भन्दा कम रहेका छन ।

 

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला