कञ्चनपुरमा कर्फ्यु जनजीवन प्रभावित

            कञ्चनपुरमा कर्फ्यु जनजीवन प्रभावित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगर नगरपालिकामा बिहान १० बजेदेखि ५ बजेसम्म स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । कर्फ्युबाट महेन्द्रनगर बजार क्षेत्र बजार सुनसान छ । रक्षा बन्धनका दिन निकै चहलपहल हुने बजार सुनसान रहेको छ ।

स्थानीय रमेशदत्त जोशीले भने,‘अरू वर्ष बजारमा निकै चहलपहल हुन्थ्यो राखी बाध्नेको भीड लाग्थ्यो यसपाली सुनसान छ ।’ प्रशासनले नगरपालिका ४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर बिहान १० बजेपछि ५ बजेसम्म कर्फ्यु लगाएको हो । १ महिना अघि भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले अशान्त बने भएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो ।  

अर्को आदेश नभएसम्म कफ्र्र्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले बताए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला