बाल विवाह रोक्न सबैको हातेमालो जरूरी

बाल विवाह रोक्न सबैको हातेमालो जरूरी

 

काठमाडौँ । मुलुकमा बढ्दो बालविवाह रोक्न सबैको हातेमालो जरूरी रहेको बताइएको छ । शुक्रबार काठमाडौंमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको वार्षिक समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । उनीहरूले बाल विवाह रोक्न सबै तहतप्काको सहयोग आवश्यक हुने औंल्याए ।

सो अवसरमा आयोजक संस्थाले ३ नंको प्रदेश सरकारले बाल विवाह रोक्न बजेट छुट्याउने प्रतिबद्धता गरेको जानकारी दिएको छ । संस्थाका एड्भोकेसी म्यानेजर रवीन्द्र गौतमले प्रदेश सरकारले हाम्रो अभियानमा साथ दिने वचन दिएको छ यो सुखद पक्ष भएको बताए । उनले भने,‘बाल विवाह न्युनिकरणका लागि लामो समयदेखि सक्रिय वल्र्ड भिजनको पहलमा विभिन्न जिल्लामा बाल क्लब सक्रिय छन ।’ संस्थाले अब मुलुकका पाँच ठूला नगरपालिका काठमाडौं, ललितपुर, भक्तपुर, विराटनगर र धनगढीसँग पनि सहकार्य गर्ने रणनीति बनाएको उनले बताए ।

गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नाराका साथ संस्थाले सामुदायिक रेडियो प्रचारक संघसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको थियो । युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सामाजिक सचेतनाको अभावमा बाल विवाह गर्ने प्रचलन वढ्दो छ, यसलाई रोक्न सामाजिक चिन्तन नै परिवर्तन गर्न अपरिहार्य भइसकेको बताए ।

कार्यक्रममा रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बाल विवाह न्यूनिकरणका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने भन्दै थप जानकारीमूलक कार्यक्रम आवश्यक भएको बताए ।

प्रतिकृया दिनुहोस

महिला अधिकारकर्मीले मागे मेयरको राजीनामा

अस्वस्थ्य मानसिकताबाट बच्न योग : प्रधानमन्त्री

रोकिएन गुठी विधेयकको विरोध

स्थानीय तहका विज्ञापनको समयअवधि १

गुठी विधेयकविरुद्ध विश्व हिन्दु

गुठीयारलाई सामन्ती भन्ने सञ्चारमन्त्री

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला