रहेनन् प्रसिद्ध रेडियोकर्मी यज्ञनीधि दाहाल

रहेनन् प्रसिद्ध रेडियोकर्मी  यज्ञनीधि दाहाल

काठमाडौँ । लामो समयदेखि किड्नीको रोगबाट ग्रस्त प्रसिध्द रेडियोकर्मी तथा साहित्यकार यज्ञनीधि दाहालको निधन भएको छ । 

दाहाल वि.सं. २०१० मा खोटाङमा जन्मेका थिए । विहिबार विहानको खाना खाएपछि उनी घरमै अचानक लडेर बेहोश भएका थिए । 

सुरुमा अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयुमा राखेर उनको उपचार गरिँदै थियो । शुक्रबार त्यहाँबाट सुमेरु अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनले रेडियो नेपालमा चलाएको साहित्यिक कार्यक्रम ‘साहित्य संसार’ नेपाली स्रोतामाझ लोकप्रिय रहेको थियो । उनले नेपाली साहित्य र संगीतको विकासमा रेडियो कार्यक्रममार्फत् टेवा पु¥याएका थिए ।

२०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आउनुभएको दाहालको उपचारका क्रममा धापाखेलमा रहेको सुमेरु अस्पतालमा शुक्रबार साँझ निधन भएको हो ।

रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका निकै चर्चित र लोकप्रिय थियो । यसले उहाँलाई नेपाली रेडियो र साहित्यिक जगतमा निकै लोकप्रिय बनाएको थियो ।

२०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाउनुभएको थियो । दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना, अन्तवार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा अतुलनीय टेवा पुर्‍याउनुभएको साहित्यकार, रेडियोकर्मी तथा चलचित्र निर्देशक प्रकाश सायमीले बताए ।

 

 

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला