खोई हामीलाई गरिब परिचय पत्र ?

      खोई हामीलाई गरिब परिचय पत्र ?

दाने बोहरा/हुम्ला, हुम्लाका सात गाउँपालिकामा शुरू गरेको गरिब घर परिचय पत्र  हुनेखानेलाई वितरण गरेको पाइएको छ । तत्काली जिल्ला विकास समितिले गरिब घर परिवारको तथ्याङ्क संकलन गर्दा वास्तविक गरिब छुट्न गएकाले समस्या आएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।  

‘जिल्लामा गरिब घर परिचय पत्र वितरणमा गरिब परिवार भन्दा पनि हुनेखानेकै बोलबाला रहेको सिमकोट गाउँपलिका– २ का वडा अध्यक्ष नरबहादुर भण्डारीले बताए । उनले भने,‘यो त्रुटिपूर्ण छ सच्याइनु पर्छ ।’

गरिब परिचयपत्र लिन पुगेका खार्पुनाथ गाउँपलिकाको– ५ का गोर्ख रोकायाले  भने, ‘हुनेखाने व्यक्तिले पहँचका भरमा परिचय पत्र लगे ।’  सिमकोट, नेपालगन्ज,काठमाडांैमा पक्की घर भएकै व्यक्तिहरूले परिचय पत्र पाएको उनको भनाइ छ । अर्काको खेतमा काम गरेर जीविका धान्दै आएका सिमकोट गाउँपालिका ३ निवासी गोर्ख सुनारले भने,‘हलो जोतेर र पुडी मागेकै भरमा ६ जनाको परिवार पाल्छु । तर, गरिब परिचयमा छैन् ।’

खार्पुनाथ गाउँपालिका –२ निवासी राजकौरा नेपाली ।  श्रीमानको मृत्यु भएको १० बर्ष भयो । तीन जना बालबालिका र बुढा सासु–ससुराको पालन पोषण गर्ने जिम्मा उनकै छ । श्रीमान्ले कपडा सिलाएर आर्जन हुने आम्दानीबाट घर चलेको थियो । अहिले त्यो पनि छैन, के हामीले गरिब होइनौं ? उनले आँशु झार्दै भनिन्,‘ गरिबको तथ्याङ्क संकलन गर्ने बेलामा तत्कालीन जिल्ला विकास समितिबाट खटिएका कर्मचारीले आफ्नो नाम छुटाए छन । ’

खार्पुनाथ गाउँपालिका– ५ का चतुरे विकको व्यथा पनि उस्तै छ । उनी भन्छन,‘ओत लाग्न न घर छ ,न त आय आम्दानीको स्रोत ।’ सरकारले गरिबका लागि दिएको सुविधा झन धनीकै हातमा पर्ने भएपछि कसरी न्याय भो ? उनले प्रश्न गरे ।

हुम्लाका सात गाउँपालिका र ४५ वडामा गरिबी घर परिचयपत्र वितरणमा अनियमितता भएको बारेमा स्थानीय जनप्रतिनिधि नै बेखवरमा छन् । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा तत्कालीन जिल्ला विकास समितिले संकलन गरेको गरिबी तथ्याङ्क त्रुटिपूर्ण भएको बताउछन् । नाम्खा गाउँपालिकामा पनि अधिकांश हुने खानेकै नाममा परिचयपत्र बनेको छ । वास्तविक गरिबको नाम छुटेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । ‘यो सच्याउनु जरुरी छ,’–उनले भने ।                     

गरिब परिचय पत्र पाउने कति ?

हुम्लामा ४ हजार ५ सय ६० जनालाई परिचयपत्र वितरण गर्न लागिएको जिल्ला समन्वय समिति अन्र्तगत गरिबी घरपरिवार पहिचान तथा सहयोग कार्यक्रमकी अधिकृत जीवनी शाहीले  बताइन् । उनका अनुसार अति गरिब घर धुरी २ हजार एक सय ९ जन, मध्यम गरिब १ हजार ४ सय २०  र सामान्य गरिबी १ हजार ३१ जनाले परिचय पत्र पाउने छन् । गरिबीको रेखामुनि रहेका व्यक्तिलाई राज्यले सामाजिक संरक्षण प्रदान गर्ने लक्ष्यका साथ शुरू गरेको यो कार्यक्रममा गरिबभन्दा धनीकै हालीमुहाली भएको आरोप लागेको छ ।

कर्मचारी,ठेकेदार व्यापारी,राजनीतिक दलका नेतासम्मले परिचयपत्र पाएका छन् । ८ हजार ५ सय ३५ जना घरघुरी भएको हुम्लामा ३ हजार ९ सय ७५ जना गैर गरिबी घर परिवार रहेको जिल्ला समन्वय समिति श्रोतले बताएको छ । नाम्खा गाउँपालिकामा ७ सय २८ घरधुरी मध्ये ३ सय ६७ गरिबी घरधुरी छ भने सर्केगाढ गाउँपालिकामा १ हजार ७ सय ८७  मध्ये ८ सय ८३   घरधुरी गरिब रहेको तथ्याङ्क छ । गरीब घर परिचय पत्रको लागि सरकारले २०६९ सालमा कार्यविधि तयार गरी २०७० सालमा लगत संकलन गरेको थियो । सोही लगतको आधारमा  जिल्लाका तत्कालीन २७ वटै गाविसमा लागत संकलन गरिएको थियो ।

जनसख्ंया,भौगलिक विकटता,सम्पत्ति, र जातिगत गरीबीको अवस्था लगायत १८ ओटा सूचकलाई आधार मानेर लगत संकलन गरिएको थियो । त्यसमा अति गरीब, मध्यम र सीमान्तकृत गरेर ३ समूहमा वर्गीकरण गरिएको थियो । बर्गीकरण बमोजिम अति गरीबले निःशुल्क स्वास्थ्य सुविधासहित कर छुट, सामाजिक सुरक्षाभत्ता लगायतमा पनि प्राथमिकता पाउने भएका छन् । त्यस्तै, अन्य परिचय पत्रधारीले पनि क्रमशः सहुलियतमा सेवासुविधा पाउने कार्यविधिमा उल्लेख छ ।

   बढ्दै उजूरी

गरिब परिचयपत्र वितरणमा अनियमितता भएको भन्दै गाँउपालिका,जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा उजूरी पर्न थालेका छन् । दिनहुँ जसो  स्थानीयले गरिब घरधूरीलाई वितरण गरेको परिचय पत्रमा अनियमितता भएको छानबिनका लागि ती निकायमा उजूरी दिने गरेको समिति स्रोतको भनाइ छ । तर, यसबारे  नियमनकारी निकाय न जिल्ला प्रशासन बोलेको छ, न त समन्वय समितिका पदाधिकारीले नै मुख खोलेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला