गर्भवती बाख्रा बलात्कार !

गर्भवती बाख्रा बलात्कार !

सुन्दै अपत्यारिलो लाग्ने बाख्राको सामूहिक वलात्कार । त्यो पनि गर्भवती । तर, भारतको हरियाणामा भएको उक्त कुकृत्य घटनाका विवरणले त्यसको सत्यता पुष्टि गर्छ । सामाजिक सञ्जालदेखि चर्चित अन्तर्राष्ट्रिय मिडियाले घटनाबारे समाचार दिइरहेका छन् ।       

घटना हरियाणा राज्यको मेवाट जिल्लाको एउटा गाउँको हो ।  गर्भवती बाख्रा बलात्कार गरेको आरोपमा पुलिसले आठ जनालाई पक्राउ गरेको छ । बलात्कार भएको भोलिपल्ट बाख्राको मृत्यु भएपछि बाख्राधनी अश्लप खानले प्रहरी समक्ष गरेको उजुरीमा उल्लेख छ ।  

अश्लप पेशाले ट्रक ड्राईभर हुन् । उनले बयानमा भनेका छन्, ‘राती ११ बजेतिर मैले कसैले गुनगुन गरेको आवाज सुनेँ । घरबाहिर निस्केर हेर्दा गोठको ढोका खुलै थियो । मैले गाउँलेहरुसँग गुहार मागेँ ।’

गाउँलेहरु उनीसँगै बाख्रा खोज्न निस्के । ‘हामीले तीन जना मान्छेले मेरो बाख्रासँग दुव्र्यवहार गरिरहेको देख्यौँ । तीनै जनालाई समातेर पिट्यौँ र छाडिदियौँ । उनीहरु पहिला पनि यस्ता केसमा समातिईसकेका थिए । तिनीहरु मध्ये एक जनाले मलाई बतायो, बाख्रासँग यौन दुव्र्यवहार गर्ने अरु पाँच जना पनि थिए ।’

घटनास्थलमा बाख्रा निकै दयनीय अवस्थामा फेला परेको अश्लपले बताए, ‘मेरो बाख्रालाई चोटपटक लागेको थियो र जमीनमा लडिरहेको थियो । मैले उसलाई उठाएँ तर ऊ हिँड्न सक्ने अवस्थामा थिएन । घर ल्याएर मैले उसको टाउको र नाकमा औषधी लगाई दिएँ । उसले घाँस खाएन । भोलीपल्ट पनि त्यत्तिकै पल्टिरहेको थियो, प्यारालाईसिसको विरामी झैँ ।’ 

प्रहरी तथ्यांकमा यी तीन जना पहिला पनि मोटर साईकल चोरी तथा वस्तुभाउ चोरीको आरोपमा जेल चलान भईसकेका अपराधी हुन् । बाख्राको पोष्टमार्टम गरेका भेटेनरी ड.।रामवीर भारद्वाज भन्छन्, ‘ब्रेन हेम्ब्रेजका कारण बाख्राको मृत्यु भएको हो ।’ घटनाको भारतीय कलाकारहरु तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्को विरोध गरेका छन् ।  

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला