‘ओली सरकारले न्यायालयलाई नियन्त्रणमा राख्न खोज्यो’

  ‘ओली सरकारले न्यायालयलाई नियन्त्रणमा राख्न खोज्यो’

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संसदीय सुनुवाई विशेष समितिको नियतमाथि प्रश्न उठाएका छन्,‘समितिले आफ्नो प्रक्रिया अघि बढाउन सक्छ । समिति सार्वभौम छ । प्रस्तावित नाम मान्ने वा नमान्ने अधिकार समितिलाई छ । तर पछिल्लो समय समितिको नियतमाथि गम्भिर रुपमा प्रश्न उठेको छ ।’ सुनुवाई समितिले अहिले जुन तरिका र हर्कतले काम गरिरहेको छ त्यसमा प्रश्न उठाउनुपर्ने कारणहरु समेत उनले बुँदागत रुपमा सुनाएका थिए । 

काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा आचार्यले न्यायाधीशको शैक्षिक प्रमाणपत्र लगायतका विषयमा न्याय परिषदले अभिलेख राख्ने बताउँदै भने,‘नक्कली शैक्षिक प्रमाणपत्र भएको मान्छे नेपालको कुनै अदालतमा न्यायाधीश हुन पाउँदैन । यो विषय सम्पूर्ण रुपमा न्याय परिषदले हेर्छ । यदि त्यो हो भने समितिले यस विषयलाई विषय न्यायपरिषद्मार्फत हेर्नुपर्छ ।’  

आचार्यले नेपाल र अमेरिकाको संसदीय सुनुवाई समितिको कुरा आकाश र जमिनजस्तै फरक रहेको पनि सुनाए । उनले भने,‘समितिका सदस्यहरुले प्रस्तावित प्रधानन्यायाधीशले राजिनामा नदिए महाअभियोग लगाउँछौं भनेर धम्कीपूर्ण चेतावनी दिएको पनि सुन्नमा आयो । ओली सरकारले न्यायालयलाई नियन्त्रणमा राख्ने गरी हस्तक्षेपलाई अगाडि बढाएको उनको आरोप थियो । उनले भने, ‘जोशी अयोग्य हुन् भने उनलाई तत्काल अस्वीकार गर्ने अधिकार संसदीय सुनुवाई विशेष समितिलाई छ । तर, त्यसो नगरेर सरकार उनलाई आफुप्रति वफाार बनाउन तथा न्यायालयलाई आप्mनो नियन्त्रणमा राख्न मोलतोल गरिरहेको छ ।’ 

कानूनविद् रामनारायण बिडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध आप्mनो पार्टीले महाअभियोग लगाउनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । विडारीले भने,‘सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम स्विकृत गर्न पनि सक्छ । नगर्न पनि सक्छ । यो समितिको स्वतन्त्रताको कुरा हो । दुई तिहाईले निर्णय गरेको कुरा कानूनसम्मत् हुन्छ ।’

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला