हिरण्यकुमारीको नविनतम कथा कृति "अग्नीदह" को लोकार्पण

हिरण्यकुमारीको नविनतम कथा कृति

 काठमाडौं,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा अनेसास नेपालका सल्लाहकार एवं गुञ्जनका अध्यक्ष वरिष्ठ कथाकार हिरण्यकुमारी पाठकको नविनतम कथाकृति "अग्नीदह" को लोकार्पण गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र अनेसासका वरिष्ठ उपाध्यक्ष एवं नेपालका अध्यक्ष राधेश्याम लेकलीको सभापतित्वमा सम्पन्न भयो ।

नारीस्वर त्रैमासिक सहआयोजक रहेको सो समारोहमा साहित्यकारहरु कुलपति गङगाप्रसाद उप्रेती, विमोचित कृतिका सर्जक हिरण्यकुमारी पाठक, प्राज्ञ गीतकार उन्नती बोहरा शीला, डा. देवी नेपाल, डा. शान्तिमाया गिरी, मन्जु काचुली, दामोदर पुडासैनी, नम्रता शर्मा, यादव भट्टराईलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो भने सर्जक पाठकलाई सम्मान पनि गरिएको थियो ।

सोही कार्यक्रममा प्रा. डा. माधवी सिह, इल्या भट्टराई, राधिका गुरागाइ, इश्वरी लामा याचाकी, सरु सुवेदी, शोभा श्रेष्ठ र मीरा देवी काफ्लेलाई अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र र ब्याच प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला