अनिच्छित गर्भबाट जन्मिएकी अपांग महिला: जो गाउँपालिकाको नीति बनाउँछिन्

अनिच्छित गर्भबाट जन्मिएकी अपांग महिला: जो गाउँपालिकाको नीति बनाउँछिन्

उनी जन्मदा परिवारका कुनै पनि सदस्य खुसि भएनन् । जन्मदै सानो आकारकी । अझ हुर्कदै गएपछि परिवारमा अर्काे निराशा थपियो, उनी सामान्य बच्चाहरु जस्तो बढिनन् । उनी त होचिपुड्की पो भइन् । उनलाई परिवारले बोझको रुपमा लिन लाग्यो । त्यो परिवारलाई के थाहा परिवारले बोझ ठानेकी तिनै होची पुड्की सिङ्गो गाउँपालिकाको नीति बनाउने ठाउँमा पुग्छिन् र गाउँपालिकाको लागि नीति निर्माण गरी समाजमा अग्ली बन्छिन् भन्ने । तर उनले गरेर देखाईन् । सबैले बोझेको रुपमा लिएको उनी सामाजिक अगुवा बनिन्, अनि गाउँ कार्यपालिकाकी सदस्य भएर गाउँको सेवा लागिकी छिन् । ति हुन्, रामेछापको लिखु तामाकोसी गाउँपालिका ७ तिल्पुङमा जन्मिएकी गउँपालिकाको गाउँकार्यपालिकाकी निर्वाचित सदस्य रजिना बुढाथोकी ।

गर्भ तुहाउन २ पाथि सिमलको बोक्रा

गाउँका बुहारीहरुलाई अहिले जस्तो पहिला सुख थिएन । रातदिन काममा खट्नु पर्ने, भनेको बेलामा अघाउँजी खान पनि नपाइने । रजिनाकी आमाले पनि त्यो नियति भोगिन् । गर्भवती हुँदा पनि घाँस, दाउरा, डोकोमा पानी, अनि खेति कमाई । उनी रातदिन काममा नै लागिन् । रजिना गर्भमा आएको बेला उनकी आमा झम्कमायाँ र बाबु झपडबहादुर बुढाथोकी खेत बिराउने मेलेमा थिए ।

‘अहिलेको जस्तो गर्भवती हुँदा आराम गर्ने चलन थिएन । सकी नसकी ढुङ्गा ओसारियो । गरुङ्गो भारी बोकेकै कारण गर्भवती हुँदा रगत बग्यो । तर गर्भ खेर गएन । रगत बग्दा पनि गर्भ नतुहेपछि आमालाई डर हुन्छ भनेर गर्भ तुहाउन २ पाथी जति त सिमलको बोक्रै खाँए । तर पनि गर्भ तुहेन’, रजिनाकी आमा झम्कमायाँले सम्झिइनन् ।

अन्तत गर्भ ७ महिना हुँदा २०४३ साल पुस ३ गते रजिना जन्मिइन् । गर्भावस्थामा आमाले गर्भपतन गराउनको लागि विभिन्न जडिबुटीको प्रयोग गरेकै कारण रजिना जन्मेदेखिनै सानो कदकी भइन् । उनी ७ महिनामा नै जन्मिएका कारण उनको तौल र शरीर सानो थियो । पछि पनि उनको उमेर अनुसारको शरीर र तौल बढेन । अन्ततः उनी होची पुड्की भइन् ।

पाँच दिदी बहिनी मध्येकी साहिली रजिनाका अन्य दिदी बहिनीको विवाह भइसक्यो । दुई दाजुभाइ पनि नोकरीको सिलसिलामा बाहिर छन् । उनका बाबु झपडबुढाथोकीलाई माओवादीहरुले द्वन्द्वकालमा हत्या गरे । अहिले घरमा रजिना र आमा झम्कमायाँ मात्रै छन् ।

रजिना घरमा त्यतिकै बसेकी छैनन् । उनी अहिले आमाको सहारा त भएकी छिन् त्यो भन्दा पनि बढी गाउँलेहरुको साहारा बनेकी छिन् । गएको स्थानीय निर्वाचनमा रजिना लिखु तामाकोसी गाउँपालिकाको वडा नं ७ बाट महिला वडा सदस्यमा निर्वाचित भइन् । त्यसपछि गाउँ कार्यपालिकाको महिला सदस्यमा पनि उनी निर्वाचित भइन । अहिले गाउँ कार्यपालिकाको नीति निर्माण लगायतको कार्यमा उनी सक्रिय सहभागी छन् ।

रजिनाकी आमाले भनिन्, ‘के गर्ली, यसको बिजोग हुने भयो, कसले सहारा देला भन्ने लागेको थियो । अहिले त यो पो सबैलाई सहारा दिने भई । कसैलाई केही पर्यो भने रजिना लौन के गर्ने होला भनेर सल्लाह लिन पो आउँछन् ।’

बाबुको रगत छोरीमा सर्यो

२०४९ सालको स्थानीय निर्वाचनमा रजिनाका बाबु झपडराज बुढाथोकी वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी सधैं सामाजिक काममा हुन्थे । तर पछि उनको हत्या भयो । बाबुको हत्याको पीडा र सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरुको अभाव रजिनाका मनमा खड्किरहेको थियो । ‘मलाई बुबा जस्तै बन्ने रहर भित्रै देखि थियो तर मेरो शारीरिक बनोट लगायतका कुराले कसैले पत्याईरहेका थिएनन् । तर समयले मलाई बुबाको विडो थाम्नकै लागि यहाँ पुर्यायो । त्यसैले म गाउँकार्यपालिकामा आएकी छु । सकेसम्म समाजको हित हुने काम गर्छु’, रजिनाले भनिन् ।

नसोचेको क्षेत्रमा प्रवेश र सफलता

राजनीतिक पार्टीमा जाउँला र राजनीति गरौंला भन्ने रजिनालाई कुनै सोच थिएन । स्थानीय तहको चुनवाको रन्कोले एकाएक उनलाई छोयो । पार्टीले निर्विवाद रुपमा टिकट दिए भाग लिने इच्छा उनमा जाग्यो । नभन्दै त्यस्तै भयो पार्टीभित्र उनको नाममा कुनै विवाद भएन । भोटमाग्न जाँदा पनि सबैको उनी प्रतिको सद्भाव देखियो । रजिनाले राम्रो मत ल्याएर चुनाव जितिन् ।

वडामा चुनाव जितेकी रजिना गाउँकार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भइन् । सहिद परिवार र अपाङ्ग समेत भएकी र पढेलेखेकी महिला भएका कारण उनलाई गाउँकार्यपालिकाको सदस्यमा ल्याउनु पर्छ भनेर अरुले नै पहिलो प्रस्ताव राखे । ‘त्यो प्रस्तावमा कसैले पनि विमति नजनाएपछि उनी स्वतः गाउँकार्यपालिका सदस्यमा निर्वाचित भइन्’, लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यष दीपशिखा दाहालले बताईन् । रजिनाको गाउँकार्यपालिकामा पनि प्रशंसनीय भूमिका रहेको दाहालले बताइन् ।

‘सुझबुझका साथ कुरा गर्ने, आफूले उठाएको कुरामा अडान लिने र काममा इमान्दारिताका साथ लाग्ने उनको राम्रो बानी छ’, दाहालले भनिन् ।

 हाम्रो कथा अनलाइनबाट  

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला