क्यान्सरको कारक सुर्तीजन्य पदार्थ त्याग्न युवा वर्गलाई अनुरोध

    क्यान्सरको कारक सुर्तीजन्य पदार्थ त्याग्न युवा वर्गलाई अनुरोध

 काठमाडौं । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले युवा/युवतीमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्नु घातक भएको बताएका छन् ।

एसियन पब्लिक स्कूल अनामनगरले आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा बोल्दै अध्यक्ष कडरियाले क्यान्सर रोगको कारक सुर्तीजन्य पदार्थबाट युवा वर्गलाई जोगाउन अभिभावक सचेत हुनुपर्ने स्पष्ट पारे ।

परिवार तथा समाजको उपयुक्त रेखदेखको अभावले गर्दा युवायुवती किशोर अवस्थामै सुर्तीजन्य सेवनमा लाग्ने गरेको उनको भनाई छ । सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गर्दै आएको क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ«े बैंक लि को सहकार्यमा संचालित उक्त कार्यक्रममा वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्राडा. विष्णुदत्त पौडेलले विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाएको बताए ।

डा. पौडेलले जनचेतनाको कारण फ्रान्समा १ वर्षमा दश लाख मानिसले सुर्तीजन्य पदार्थ त्यागेको तथ्य रहेको बताए । उनका अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थका कारण २०–२५ हजार मानिसले अकालमा ज्यान गुमाएको तीतो यथार्थ व्यक्त गरे । उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

माछापुच्छ«े बैंक लिमिटेडका सामाजिक सेवा विभाग उपप्रमुख प्रतिमा पाण्डेले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि बैंकको तर्फबाट क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै राष्ट्रव्यापी रुपमा अभियान संचालन गर्ने बताईन् । विद्यालयका प्रधानाध्यापक गगनसिंह ऐरले क्यान्सर काउन्सिल नेपालले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकलाई जानकारी गराएकोमा आयोजकलाई धन्यवाद दिए ।

 

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला