हरियो चुरा हातैमा छमछम

  हरियो चुरा हातैमा छमछम

सरस्वती ढुङ्गाना/काठमाडौं । हातभरी हरियो र पहेंलो चुरा, हरियै लुगा अनि हातभरी मेहन्दी लगाएर प्रफुल्ल छिन् चावहिल निवासी लक्ष्मी उप्रती । ४० वर्षिय लक्ष्मीका श्रीमान् विदेशमा छन् । ‘मलाई सानैदेखि हरियो रङ असाध्यै मनपर्छ, साउन महिनालाई भगवान शिवको महिना पनि भन्छन् त्यसलै साउन १ गतेबाट नै आफ्नो ‘लुक’ फरे’–उनले भनिन् ।

चाबहिल चोकमा मेहन्दी लगाउँदै गरेकी सरिता काफ्ले –२५ भन्छिन् ‘महिला सुन्दरता प्रेमी हुन्छन र साउन महिना त्यस्को प्रतीक हो । अरु दिदी–बहिनीले पनि लगाएका छन् त्यसैले लगाए ।’ लक्ष्मी र सरितमा मात्र होइन अचेल गाँउ–सहर जताततै महिलाका हातमा हरिया चुरा छमछम बजि रहेका छन् ।

सहरी क्षेत्रका ब्युटी पार्लर, कस्मेटिक पसल देखि सडक छेउछाउमा मेहन्दी लगाउनेको आम्दानी दोब्बर हुने गरेको छ । पौराणिक मान्यता अनुसार पार्वतीले साउन महिना भर निराहार कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको जनविश्वास छ । संस्कृतिविद् गणेशराम  लाक्षीका अनुसार शिवजीसँग जोडिएको महिना भएको हुनाले महिला दिदी–बहिनीले हरियो पहेंलो रङको सिङ्गार गर्ने गर्छन् । हरियो पहेंलो र  रातो चुरा पोते एवं कपडा लगाउनुको पनि छुट्टै विशेषता र अर्थ छ ।

हरियोलाई प्रेमको र वातावरणको प्रतीक र रातोलाई सौभाग्य र पहेँलोलाई पवित्रताको प्रतीकका रुपमा लिईने भएकाले यसको खास महत्व हुने उनको भनाइ छ ।

चुरा र मेहेन्दीलाई नारी सौन्दर्यका प्रतीक हुन् । महिला सुन्दर देखिन मेहेन्दी अनि चुरा लगाउँछन, कतिपयले फेसनको रुपमा त कतिपय धार्मिक बिश्वासका कारण । साउनमा हरियो, रातो पहिरनमा सजिएर भगवान शिवको पूजा आराधना गर्दा आत्मसन्तुष्ति प्राप्त हुने एकथरीको भनाइ छ । शिवजीलाई बेलपत्र, दुवो चढाउछौं, हरियो नै हुन्छ, शिवजीको प्रिय रङ्ग हरियो भएकाले पनि साउनमा यसको प्रयोग बढेको संस्कृतिविद्हरूको तर्क छ ।

तस्बिरःरमेश दवाडी/अमरवाणी  

प्रतिकृया दिनुहोस

ठेकेदारको लापरवाहीले हुम्लाका ११

रहेनन् प्रसिद्ध रेडियोकर्मी यज्ञनीधि

बाल विवाह रोक्न सबैको हातेमालो जरूरी

खोई हामीलाई गरिब परिचय पत्र ?

हुम्लाको विकट गाउँपालिकामा ईन्टरनेट

बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि