हुम्लामा बच्चा जन्माउन डेढ लाख खर्च !

हुम्लामा बच्चा जन्माउन डेढ लाख खर्च !

दाने बोहरा/हुम्ला । कर्णालीको विकट हुम्ला जिल्लाबाट २ महिना अवधिमा सात जना गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लामा सुविधा सम्पन्न प्रसुति केन्द्र नहुँदा गर्ववती महिला समस्या झेल्दै आएका छन् ।

पछिल्लो जेठ र असारमा मात्र जिल्लाको विकट स्थानबाट ७ जना गर्ववती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ३/४ चार दिनसम्म बेथा लाग्दा पनि वच्चा नजन्मेपछि जटिल समस्याका उनीहरूलाई हेलिकोप्टरबाट जुम्ला,सुर्खेत र नेपालगञ्ज लगिएको हो । जिल्ला बाहिर रिफर गराईएका मध्ये ४ जना महिला सफल रुपमा सुत्केरी भएको जिल्ला अस्पतालले बताएको छ ।

जेठ ९ गते खापुनार्थ गाउँपालिका– ५ कि लालपुरी कामीको हेलिकप्टरबाट उद्धार गरिएको थियो । असार २  गते चङखेली गाउँपालिका– २ मेखालकी कल्पना बुढा, असार ३ गते चङखेली गाउँपालिकी बसन्ती शाही र असार १२ गते चङखेली गाउँपालिका– ७ कि नन्दा देबी एडी, असार १९ गते चङखेली गाउँपालिका –१ कि सम्झना शाही भण्डारी र ताजाकोट गाउँपालीका कि जुनकला रोकाया र चङखेली गाउँपालिका–२ कि नन्दपुरी कार्मीको उद्धार हेलिकप्टबाट गरिएको जिल्ला अस्पतालका डा. रञ्जित कुमार यादवले जानकारी दिए । उनीहरूको खर्च जिल्ला अस्पताल र गाँउपालिकाले ब्यहोरेको पनि यादवले जानकारी दिए । हेलिकप्टरको भाडा ठाँउ हरेर एक लाख देखि १ लाख पचास हजारसम्म लाग्ने गरेको यादबले बताए ।

यसरी उद्धार गरिएका सातै जना महिलाको उमेर ३० कटेको छैन् । जिल्लाका विकट स्थानमा चेतनाको अभावमा उमेर नै नपुगी बिहे गर्ने प्रचलनका कारण  समस्या वढ्दै  छन् ।

 

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला