अनशनरत डा.गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रर्दशन

      अनशनरत डा.गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रर्दशन

काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा नागरिक अगुवा, मानवअधिकारवादी राजनीतिक दलका नेता र सञ्चारकर्मी लगायतले आज (शनिबार) माइतीघर मण्डलामा प्रर्दशन गर्ने भएका छन् ।

चिकित्सा क्षेत्र सुधारकोे माग राख्दै १५ दिनदेखि जुम्लामा अनशनरत डा. केसीका मागप्रति सरकार अनुदार रहेको भन्दै दवावका लागि  वृहत प्रदर्शन हुन लागेको हो । केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको काँग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागी हुने एक नेताले बताए ।  

सडकमा डा. केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिँदै आएको व्यक्तिह्रू प्रर्दशनमा सहभागी हुने छन् । मध्यान्ह १२ बजेपछि हुने प्रदर्शनमा पुर्वप्रधानन्याधिशद्वय शुशीला कार्की र कल्याण श्रेष्ठ, पूर्व स्वास्थ्य मन्त्री गगन थापा,  माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, विवेकशील साझाका संयोजकद्वय उज्ज्वल थापा, रवीन्द्र मिश्र लगायत सहभागी हुने छन ।

 

 

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला