सिक्किममा यसरी मनाइयो भानु जयन्ती

सिक्किममा यसरी मनाइयो भानु जयन्ती

भारतको पूर्वाेत्तर राज्य सिक्किममा २०५ औँ भानुजयन्ती धुमधामका साथ मनाईएको छ । सिक्किम र दार्जिलिङमा भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेका छन् । सिक्किम राज्यमा पढाईने नेपाली भाषाको पाठ्यक्रममै ‘आदिकवि भानुभक्त’ को जीवनी उल्लेख गरिएको छ । सिक्किममा बसोबास गर्ने सबैजाति भाषाले भानुजयन्तीमा उत्तिकै सहभागीता जनाउने गरेका छन् ।

 

‘भारतका अन्य नेपालीभाषी राज्यको तुलनामा सिक्किम र दार्जिलिङमा चाहिँ राज्य सरकारकै अग्रसरतामा भानुजयन्ती मनाईने गरिन्छ ।’ सिक्किमबाट राहुल दाहालले भने, ‘सिक्किममा हरेक वर्ष भानुजयन्तीको दिन स्कुल सरकारी विदा हुन्छ । हामी रामायण पाठ गरेर, भानुभक्तका शालिकमा माल्यार्पण गरेर, सांगीतिक तथा साहित्यिक कार्यक्रमहरु आयोजना गरेर अनि ¥याली निकालेर हरेक साल धुमधामका साथ भानुजयन्ती मनाउने गर्दछौँ ।’

त्यसैगरी, आसाम, मणिपुर, देहरादुन आदि नेपालीभाषी बसोबास रहेको भारतीय राज्यहरुमा पनि भानुजयन्ती मनाईँदैछ । राजधानी दिल्लीमा रहेको ‘गोर्खा युवा तथा विद्यार्थी संघ’ ले यस वर्ष विगतको तुलनामा भानुजयन्तीलाई भव्य र सभ्य तरीकाले मनाउने निर्णय गरेको छ । त्यसैगरी, पूर्वाेत्तर भारतीय राज्य नागाल्याण्डका गर्भनर पि.बी आचार्यले राज्यमा रहेका गोर्खाहरुलाई विज्ञप्तीमार्फत् भानुजयन्तीको शुभकामनामा दिँदै यसै गरी आप्mनो संस्कृति र परम्परालाई जोगाई राख्नु अपिल गरेका छन् । 

भानुभक्तको जन्म वि.सं.१८७१ साल असार २९ गते तनहुँको चुदीरम्घा गाउँमा भएको थियो । एक जना घाँसीबाट ‘आफु मरे पनि आप्mनो नाम जीवित रहने काम गर्नुपर्दछ’ भन्ने प्रेरणा पाएपछि उनले रामायणको नेपाली अनुवाद सुरु गरेका थिए । कुनै समय जहाँ जहाँ नेपाली भाषीको बसोबास थियो, त्यहाँ त्यहाँसम्म भानुभक्त रामायणको लोकप्रियताले आकाश छोएको थियो । यसैकारण, भारतीय नेपालीभाषीहरु उनलाई ‘नेपाली भाषाका जनक’ समेत मान्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला