तत्काल वार्ता गर्न तयार छौंः डा.गोविन्द केसी

तत्काल वार्ता गर्न तयार छौंः डा.गोविन्द केसी

काठमाडौं । जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीले आफू कुनै पनि बेला वार्ताका लागि तयार रहेको बताएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औं पटक अनशनमा बसिरहेका डा. केसीले सरकार मागप्रति उदासिन रहेको भन्दै आफू जुनसुकै बेला वार्ताका लागि तयार रहेको बताएका छन् । 

बुधबार विज्ञप्ति जारी गर्दै उनले सरकारी पदाधिकारीले हामीलाई वार्तामा आउन नचाहेको भनेर समाचार फैलाइरहेका छन, यो सत्य होइन । हामी वार्ताबाट समाधान चाहन्छौं भनेका छन् ।  

संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न सरकारले कुनै पहल नगरेको उनको आरोप छ ।  केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् ।

दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग डा. केसीले अघि सारेका छन् । १२ दिनदेखि अनसनरत केसीको स्वास्थ्य बिग्रदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला